काठमाडौं । नायक सरोज खनाल यतिवेला कोरोनाका कारण निकै जोखिम मानिएको राष्ट्र अमेरिका उडेका छन् । नेपालमा कोरोना फैलन नदिन लकडाउनको निर्णय गरिएको छ भने यतिबेला अमेरिकामा कोरोनाको जोखिम बढी छ ।

नायक खनाल यतिबेला कसैलाई सहयोग गर्न होइन अमेरिकी नागरिकको रुपमा आफ्नो मुलुक फर्किएका हुन् । आइतबार चाटर्ड विमान मार्फत कलाकार खनाल सहित ३ सय बढी अमेरिकी नागरिक स्वदेश फर्किएका छन् । अकेरिकी नागरिक चढेको सो विहान सोमवार (आज) विहान अमेरिकामा अवतरण हुँदैछ ।

यसअघि अमेरिका जाने योजना बनाएका उनी नेपालमा गरिएको लकडाउनको निर्णयले नेपालमै थिए । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएको छ । खनाल भने लामोसमय अमेरिकाको बसाईपछि नेपाल फर्किएका थिए । नेपालमा रहँदा उनले केही नेपाली फिल्ममा पनि अभिनय गरे । उनको नेपालमा अभिनयसंगै ब्यवसाय पनि गरिरहेका थिए । उनले नेपालमा पोल्ट्री फार्मको ब्यवसाय गर्दै आएका थिए । नेपालमा लकडाउनका कारण उनको ब्यवसायमा पनि अहिले असर गरेको छ । विमानमा खनालसंगै नेपाली मुलका अमेरिकनहरु समेत रहेका छन् ।

नेपालमा रहेका आफ्ना ३ सय बढी अमेरिकन नागरिकलाई लिएर चार्टड विमान आइतवार उडेको थियो । अमेरिकी समय अनुसार साँझ ११ बजेर २५ मिनेट जाँदा वासिंटन डिसी मेट्रो एरियामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन लागेको हो ।

अमेरिकी सरकारकाले नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिका ल्याउनका लागि चार्टड गरेको यो दोश्रो विमान हो । यस अगाडि ३०२ जना अमेरिकनलाई बोकेर नेपालबाट चार्टड विमान अमेरिका पुगिसकेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासको पहलमा अमेरिकी विदेशमन्त्रालयले कतार एयरवेजको विमान चार्टड गरेको हो । उक्त विमान दोहा हुँदै अमेरिका आउने क्रममा रहेको छ ।

अमेरिकी दूतावासले भनेको छ – ‘यो सबै नेपालस्थित अमेरिकी मिशनका सबै सदस्यहरूले अमेरिकन सिटिजन सर्भिसेजको लागि गरेको लगातार मेहेनत र नेपाल सरकारका विभिन्न निकायहरूको अत्यन्तै सकृय सहयोगको प्रतिफल हो। यस्ता संकटको घडीमा अमेरिकी नागरिकहरूको सकुशलता नेपालस्थित अमेरिकी मिशनको पहिलो प्राथमिकता हो। हामी यात्रारत सबैलाई शुभयात्राको कामना गर्दछौं।’(खासोखासको सहयोगमा: तस्विर/खसोखास)

Comments