नायीका आँचल शर्मा र उदिप श्रेष्ठ भर्खरै विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरुले करिब डेढ वर्ष सम्मको आफुहरुको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । भब्य विवाह गरेका उनीहरुको विवाहको शैलीलाई लिएर मिडियामा खुब समाचार बने । त्यस माथि उनीहरुको विवाह अघिका सम्बन्धका बारेमा पनि अनेक अड्कल गरेर पनि समाचार बनिरहेका थिए । कुनै मिडियाले उदिपको दोस्रो विवाह भनेर पनि समाचार बनाएका थिए ।

विवाहको रमझममा व्यस्त भएका यि दुवैजनाले ति सबै कुराका बारेमा प्रतिकृया दिन भ्याएका थिएनन् । नायक पल शाहसंग धेरै फिल्ममा अभिनय गरेकी आँचलको पलसंग पनि नाम जोडिएको थियो । त्यस माथि विवाहमा पलको परिवार समेतलाई बोलाए पनि उनीहरु सहभागी नभइदिएपछि नकारात्मक कुरा गर्नेहरुका लाथि थप मलजल गर््यो । आँचलकै विवाह टार्नका लागि पल शाह मुक्तिनाथ पुगे भनेर सामाजिक सञ्जालमा टिप्पणी भए । भिडियो हेर्नुहोस

Comments