नारायणगढका उदीप डाक्टरसँगै व्यवसायी पनि हुन् ।नेपाली विद्यार्थीलाई फिलिपिन्समा पढ्न पठाउने युनाइटेड एसिया प्यासिफिक फाउन्डेसन प्रालि उनकै हो । उनले एसिया कलिङ नामक ट्राभल एजेन्सी पनि सञ्चालन गर्छन् ।उनी पूर्वसांसद एवं समाजसेवी मैयादेवी श्रेष्ठका नाति हुन । त्यसो त उनको परिवार पनि कुनै बेला फिल्मसँगै सम्बन्धित थियो । चर्चित फिल्म ‘कान्छी’ उनका बुबा प्रेमकुमार श्रेष्ठ र भगवानदास श्रेष्ठले निर्माण गरेका हुन् । हाल भने यो परिवार फिल्म क्षेत्रबाट टाढा छ ।

उदीप र सिपोराले एउटा बिस्कुटको विज्ञापनमा सँगै मोडलिङ पनि गरेका छन् । सिपोराले परिवारका माध्यमबाट उदीपसँग कुरा चलेको बताइन ।‘सुरुमा एरेन्ज म्यारिज नै गर्ने गरी कुरा चलेको हो,’ उनले भनिन, ‘एकअर्कालाई बुझ्दाबुझ्दै दुई वर्ष बित्यो ।’ यही वर्ष मंसिरमा बिहे गर्ने योजना पनि उनले सुनाइन । उनले भनिन, ‘खासै हतार त थिएन, तर अब ढिला गर्नुपर्छ जस्तो पनि लागेन ।’कुरा यहाँ सम्म पुगेर पनि सिपोरा र उदिपको किन मिलन हुन सकेन हेर्नुहोस भिडियो

Comments