कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले आह्वान गरेको लकडाउनका काराण समस्यामा परेका बिपन्न समुदायका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता अब्दुल हुसेन खाँद्धारा कोहलपुर ४ का बिपन्न समुदाय लाई खाद्यान्न सहयोग गरेका छन ।

युवा नेता खाँले कोहलपुर वडा नम्बर चारका ८१ बिपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । उनिले प्रति परिवार १७.५ किलोका दरले चामल बितरण गरेका हुन । कोहलपुर ४ का अति बिपन्न समुदायका मानिसको गुजारा गर्न गाह्रो भएकोले आफुले व्यक्तिगत तवरबाट सहयोग गरेको नेता खाँले बताएका छन् ।

उनले महाविपत्तिका समयमा राज्यको सहयोगले मात्रै नपुग्ने भएकाले आफ्नो टोल छिमेका रहेकाहरुलाई सहयोग गरेको बताएका छन । राहात बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जानुका क्षेत्री लगायतको सहभागिता रहेको थियो भने खाँले ६० हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेका थिए ।

Comments