लण्डन। कोरोनाका कारण बेलायतमा थप तीन नेपालीको निधन भएको छ। मंगलवार र बुधवार थप ३ नेपालीको निधन भएको हो । २ जनाको बुधवार र एक जनाको मंगलवार निधन भएको बेलायतमा बस्दै आएका नेपालीहरुले जानकारी दिएका छन् ।

लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई लण्डनस्थित नर्थविकपार्क अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएर अस्पताल लगिएका उनको मंगलवार निधन भएको हो । उनलाई अस्पतालमा एक साता उपचार गरिएको परिवारका सदस्यले जनाएका छन् ।

उनी मधुमेहका रोगी थिए । बेलायतमा सामाजिक काममा पनि सकृय रहेका उनको निधनले बेलायतमा रहेका नेपालीले दु ख ब्यक्त गरेका छन् । त्यस्तै बुधवार सोही अस्पतालमा अर्का एक नेपालीको पनि निधन भएको हो । नातीको बिहेका लागि केहि महिनाअघि बेलायत पुगेका अन्दाजी ७७ वर्षका एक बृद्धको निधन भएको हो । परिवारका सदस्यले उनको नाम गोप्य राख्न चाहेका कारण सार्वजनिक गरिएको छैन । उनको निधन पनि कोरोनाकै कारण भएको अस्पतालले पुष्टि गरेको छ । ति वृद्धसंगै गएकी पत्नी अहिले बेलायतमै छन् ।

बुधबार नै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ। करिब १ साताअघिदेखि आइसोलेसनमा बस्दै आएका श्रेष्ठ श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए। बुधबार दिउँसो अस्पतालमै निधन भएको हो । उनलाई ह्दयघातकोसमेत आशंका गरिएको छ।

सोलुखुम्बु घर भएका श्रेष्ठका श्रीमती र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए। यो संगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । यसअघि ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि दुई साताअघि लण्डनमै कोरोनकै कारण मृ त्यु भएको छ। अन्नपुर्णवाट

Comments