काठमाडौँ । कीर्तिपुरका विद्यार्थीमाथि कु’टपि’ट भएको छ । सहकर्मी सुरक्षाको माग गर्दै कीर्तिपुर प्रहरी कार्यालय गएका विद्यार्थीलाई अ’ज्ञात समूहले कु’टपि’ट गरेको हो । बीच सडकमै लडाएर विद्यार्थीका टा’उकोमा कु’ल्चिएको भिडियो सञ्चारमाध्यममा आएका छन् । नि’र्घात कु’टाइ खा’ने त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अध्ययनरत ललितजंग रावत रहेका बुझिएको छ । केही दिनदेखि राहत वितरणको विषयमा वि’वाद भएपछि सहकर्मी सुरक्षाको माग गर्न विद्यार्थीहरु प्रहरी परिसर गएका थिए । उनीहरुमाथि कसले किन कु’टे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले राहत विवादले कु’टपि’ट भएको हुन सक्ने बताएका छन् । प्रहरी प्रशासनले भने लकडाउन उल्लंघन गर्दै दुई समूह आपसमा झ’गडा गरेको खबर प्राप्त भएको र प्रहरी पुग्दा कोही नभएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागहरु रहेको कीर्तिपुर क्षेत्रमा धेरै विद्यार्थीहरु कोठा भाडामा लिएर बसोबास गर्दै आएका छन् । सरकारी सेवामा प्रवेश गर्न चाहनेहरु लोकसेवा आयोगको परीक्षा लगायत विभिन्न परीक्षाको तयारीका लागि पनि यस क्षेत्रमा बस्दै आएका छन् ।

एक्कासी लकडाउन हुँदा उनीहरु घर जान नसकी काठमाडौंमै रोकिएका छन् । नियमित आम्दानी नभएको र लकडाउनका कारण घरबाट खाद्यान्न र पैसा ल्याउन नसकेका कारण विद्यार्थीहरु समस्यामा परेका छन् ।

Comments