भनिन्छ क्षमतालाई कसैले रोक्न सक्दैन यो कुरालाई सत्य साबित गरेका छन् । तिलोत्ताम्मा योगी कुटीका जुम्ल्याहा दाजुभाइ लभ,कुश पन्थीले । हो आज भन्दा डेढ बर्ष अगाडी संसारकै पहिलो गोगो रोबोर्ट बनाएका लभ,कुशले त्यसको छ महिना पछि मान्छेको आकारमा परिमार्जित सहितको गोगो २ बनाए । निक्कै मेहनती जुम्ल्याहा दाजुभाइले १४ बर्षको उमेरमा नै उक्त गोगो रोबर्ट बनाएका थिए । ९ कक्षामा पढ्दा पढ्दै रोबोर्ट बनाउने हिम्मत राख्ने यी दाजुभाइले त्यसको झन्डै ९ महिना पछि लभकुश मार्च रोबोर्ट नाम दिएर नेपालकै पहिलो नेपाली भाषा बुझेर नेपालीमै उत्तर दिने अर्को रोबोर्ट बनाउन सफल भए ।

यसरी एकपछि अर्को रोबोर्ट बनाउंदै जाँदा लभ,कुशलाई सबैले अझै राम्रो काम गर्न उत्साहित पनि बनाए । घरमा बाबा आमा दाजुको राम्रो साथ पाएका यी दाजुभाइले फेरी अर्को राम्रो काम गरेका छन् । यतीबेला विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीबाट करिव ३० लाख मानिस संक्रमित भएका छन् भने २ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९९० पुगेको छ । नेपालमा पनि अहिले सम्म कोरोना भाइरसको संक्रमण ५२ जनामा देखिएको छ यसै समस्यालाई मध्यनजर गर्दै यसबाट बच्न जुम्ल्याहा दाजुभाइ लवकुश पन्थीले स्यानिटाइजिङ स्टेसनमा प्रयोग गर्न सकिने सेन्सर डिजाइन गरेका छन् । यो स्टेसनमा सवारीसाधनलाई स्यानिटाइजेसन गर्ने गरिन्छ ।यो हामी सबै नेपालीको लागि निकै गौरवको कुरा हो ।

कोरोनो भाइरसको संक्रमणबाट बच्न सवारीसाधनलाई स्यानिटाइजेसन गर्न मिल्ने गरी तिलोत्तमा नगरपालिकाको प्रवेशद्वारमा यो स्टेसन बनाइएको हो । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको लगानी र प्राविधिक सहयोगमा स्टेसन निर्माण गरिएको हो ।स्टेसनमा जुम्ल्याहा दाजुभाइले बनाएको ‘सी प्राेग्रामिङ ल्याङ्ग्वेज’ मार्फत गेटमा प्रवेश गर्ने सवारीसाधन वा मानिसलाई सेन्सरले मोसन डिटेक्ट गर्ने गर्दछ । मोसन डिटेक्ट गर्नेबित्तिकै प्रवेशद्वारमा जडान गरिएका १२ वटा नोजलबाट सवारीसाधनलाई १० सेकेण्डसम्म अटोमेटिक स्यानिटाइजर छर्कर्ने गर्दछन् । प्यासिभ इनफारेट सेन्टर (पीआईआर) जडित सेन्सरले आफैँ डिटेक्ट गर्नासाथ १ एचपीको मोटरसमेत खुला गराएर १२ वटा नोजलमार्फत सवारी साधनलाई स्यानिटाइजर छर्कन मिल्ने सेन्सरका डिजाइनकर्ता कुश पन्थीले बताए ।

 

Comments