काठमाडौ । पूर्व राजपरिवारमा हिमानी शाह अहिले पनि लोकपृय छन् । उनको लोकपृयताका बारेमा जानकार पूर्व राजपरिवारले हिमानी ट्रष्ट मार्फत सामाजिक काम गर्दै आएका छन् । तर पूर्व युवराज पारस शाहको आफ्नै ब्यक्तिगत ब्यवहार कारण भने उनी परिवारवाट टाढा छन् । केही वर्ष देखि नेपालमै रहको पारस परिवार संग छैनन् । उनी एक्लै वस्दै आएका छन् । हिमानी सामाजिक काममा सकृय भइरहँदा यता पारस भने आफ्ना अनौठा ब्यवहारका कारण चर्चामा आइरन्छन् ।

केही समय अघि सम्म युट्युवर तथा मोडल सोनिका रोकायसंगको सम्बन्धका कारण चर्चामा रहेका पूर्वयुवराज पारसको फेरी अर्को तस्बिर सार्वजनिक भएसंगै फेरी चर्चा सुरु भएको छ । उनको एक महिलासंग जंगलमा घुम्दै गरेको तस्बिर सार्वजनिक भएको छ

पारस शाहले शनिवार आफै आफ्नो फेसबुकमा एक युवतीसंग जंगलमा रमाउदै गरेको तस्विर पोष्ट गरे पछि फेरी चर्चा सुरु भएको हो । केही समय देखि पोखरामै रमाउँदै गरेका पारसले फेसवुकमा लेखेका स्टाटसको पनि चर्चा र गसिप बन्ने गरेको छ । तर उनले त्यस्तो गसिपको वास्ता गर्दैनन् । आफ्ना बारेमा यस्तै गलत प्रचार गर्ने गरिएको टिप्पणी उनले गर्ने गरेका छन् । शनिवार पारस आफैले सार्वजनिक गरेको तस्बिरमा भने पारस शाह पछाडी छन् भने युवती अगाडी देखिन्छिन र यी दुई पोखरा वरपरको जंगलको हरियालीमा रमाउन गएको अनुमान लगाउन सकिन्छ । उनको हुलीया हेर्दा त्यो अहिलेकै तस्बिर हो भन्न सकिन्छ । तस्विरमा रहेकी युवती को हुन् भन्ने कुरा भने प्रष्ट छैन । त्यसैले अनेक अड्कलवाजी गर्दै गसिप सुरु भएको छ ।

पोखरामै हुँदा उनले कोरोनाका कारण अप्ठेरोमा परेकालाई राहत बाँड्न निस्किएका छन् । उनले पोखराको जलहारी परिवारलाई राहत वितरण गरेका हुन् । गाडीमा राहतको सामग्री बोकेर उनी वस्तिमा पुगेका हुन् ।

सरकारले राहतका लागि एकद्धार नीति लागू गरेको भएपनि पारसले भने आफ्नो नीति खर्चमा राहत बाँडेका छन् । राहत वितरणका लागि पारस आफै जलहारी परिवारको वस्तीमा पुगेका थिए । पोखरा १८ पामेका जलहारी परिवारलाई राहत दिएका हुन् । त्यहाँ ४५ घर परिवारको बसोबास छ । लामो समयको लकडाउनका कारण जाल हा न्न नपाएर माछा मा र्न नपाएर दिनहुँको छाक टार्न स म स्या भएको थाहा पाएपछि उनले ब्यक्तिगत खर्चमा राहत दिएका हुन् ।

Comments