काठमाडौं । नेपाल र भारतबीच सिमा विवाद चुलिदै जाँदा भारतका केही कुटनीतिक नियोगका अधिकारीहरुले पनि त्यसवारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनीहरु मध्य केहीले भारतको ठुल्दाई प्रवृत्तिले नेपालसंगको भारतको सम्बन्ध विग्रिएको भन्दै सुधार गर्न सुझाव दिएका छन् । लिपुलेक क्षेत्रमा सडक निर्माण गर्दा नेपालको पनि राय र सुझाव लिनुपर्ने बताएका छन् । नेपालसंगको सम्बन्ध अन्य मुलुकसंग भन्दा फरक रहेकाले सम्बन्ध सुधार गर्न लिपुलेकको भूभाग छोड्न पनि सुझाव दिएका छन् ।

भारतले नेपाली भूमि मिचेर एक तर्फी रुपमा तिब्बतको मानसरोवर जाने वाटो निर्माण गरेपछि नेपालले त्यसमा आपत्ती जनाएको छ । नेपालले पनि भारतले अतिक्रमण गरेको भूमी समेटेर नयाँ नक्सा जारी गरेको छ । यो संगै नेपाल भारतवीच सिमा विवाद फेरी एक पटक चर्चामा आएको छ । यद्धपी सिमा विवादको विषय नयाँ भने होइन । भारतका कूटनीतिज्ञहरुले भारतीय टेलिभिजनमा दिएका अन्तरवार्तामा भारतलाई यस्तो सुझाव दिएका हुन् । साथै केहीले सामाजिक सञ्जालमा पनि आफ्नो धारण अभिब्यक्त गरेका छन् ।

वरिष्ठ कूटनीतिज्ञ एवं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीएसआर) का पूर्वमहानिर्देशक सुरेश गोयलले भारतले बारम्बार नेपाल माथि दाई प्रवृत्ती देखाएका कारण भारतको सानो कृयाकलापले पनि अहिले नेपालमा भारत छिन् । वरुद्ध ठूलो आवाज उठ्ने गरेको बताएका छन् । उनले त्यसो हुनुमा भारतको प्रवृत्ती कारक रहेको भनाई छ । उनले नेपालको सिमानाको विषय नयाँ नभएको भन्दै भारतले बेला बेलामा नेपाल प्रति गर्ने ब्यवहारले अहिले यो विषय चर्को रुपमा उठेको बताएका छन् । सन् २०१५ देखि नै लिपुलेक र कालापानी विवाद, ५ वर्षअघिको नाकाबन्दी, नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप लगायतका वकारणले नेपालमा भारत विरुद्ध भावना विकास भएको बताएका छन् । उनले एक भारतीय टेलिभिजनमा दिएको अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन् ।

विदेश मामिलाका जानकार एसडी मुनीको धारणा पनि गोयलसंग मिल्छ । उनले नेपालले राखेका पस््रतावहरुमा भारतले गर्ने वेवास्ता नै नेपालीको भारत प्रति नकारात्मक धारणा विकास भएको बताएका छन् । उनले त्यस माथि केहीले राजनीतिक मुद्दा पनि बनाउने गरकेो धारणा राखेका छन् । भारतले गरेको नाकावन्दी, नोट सटहीमा देखाएको उदासिनतालाई उनले उदाहरण दिएका छन् । यस्ता धेरै मुद्दा नेपालीले नविर्सिएको उनको भनाई छ । सिमानाका विषयमा नेपालले वार्ता गर्न राखेको प्रस्ताव भारतले लत्याउने गरेको र त्यो गलत भएको उनको भनाई छ । उनले एक भारतीय पत्रिकालाईदिएको अन्तवार्ताएका क्रममा यस्तो बताएका छन् ।

अर्का परराष्ट्रविद् मनोज जोशीले नेपालले अति नै चित्त दुखाए भारतले लिपुलेकको भूभाग नेपालका लागि छोडिदिनुपर्ने बताएका छन् । उनले नेपालसंगको भारतको सम्बन्ध अति निकटको भएको बताउँदै नेपाललाई चित्त दुखाउन नहुने धारणा राखेका छन् । लिपुलेक र कालापानीमा विज्ञहरूको समूह पठाउने र त्यसले सो भूमी नेपालको हो भन्ने निष्कर्ष निकाले भारतले विकल्प सोच्नुपर्ने बताएका छन् । उनले सोही जमिन भारतले लिजमा पनि लिन सक्ने बताएका छन् ।

अर्का वरिष्ठ पत्रकार तथा राजनीतिक विष्लेषक वेदप्रताप वैदिकले पनि नेपालले निकै चित्त दुखाए भारतले सो जमिनमा आफ्नो दावी छोड्नुपर्ने बताउँछन् । लिपुलेकमा सडक बनाउने विषयमा ५ वर्षअघि नै नेपालले विरोध गरेको र त्यो विरोधको भारतले वेवास्ता गरेको प्रशंग उठाउँदै उनले भारले ठूल्दाई हुने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् । भारतले कुराकानी समेत गर्न नमानेर एकतर्फी रुपमा सो क्षेत्रमा सडक वनाएको विषयमा उनी पनि असन्तुष्ट छन् । उनले वसेर छलफल गर्ने वातावरण नभए भिडियो कन्फ्रेन्स मार्फत पनि वार्ता गर्नुपर्ने सुझाव दिएका छन् ।

Comments