काठमाडौं । अष्ट्रेलियाको ब्रिजवेन पुगेका नेपालगन्जका एक युवकलाई पित्तथैलीको क्यान्सर भएपछि उपचार गराउन समस्या भएको छ । श्रीमती पढाउन नेपालगन्जवाट अष्ट्रेलिया पुगेका विशाल पौडेललाई क्यान्सर भएपछि उपचारका लागि सहयोगको अपिल गरेका छन् । ब्रिजवेनमा संघर्ष गरेर श्रीमतीको अध्ययनका लागि सहयोग गरीरहेका पौडेललाई गत मे १२ तारिखमा क्यान्सर भएको पुष्टी भएको हो । उनको हाल व्रिजवेनस्थित आरबि डब्लु एच अस्पतालमा उपचार भइरहेको छ । श्रीमतीको अध्ययनमा सहयोग गर्न भन्दै सन् २०१७ मा अष्ट्रेलिया पुगेका पौडेललाई उपचारका लागि आर्थिक अभाव परेको छ । उनी त्यहाँको स्थानिय रुपमा भलिवल खेलका खेलाडी पनि हुन् ।

उनको केही दिन अघि अप्रेसन गरेर पित्तनलीमा जमेको रगत सफा गरिएको भएपनि उनलाई चिकित्सकले थप उपचारका लागि आफ्नो घर फर्कन सुझाव दिएका छन् । विद्यार्थी भिषामा अष्ट्रेलिया पुगेका उनी अष्ट्रेलयामा उपचार सम्भव नभएपछि गैर आवासिय नेपाली संघ कुइन्सल्याण्डको सक्रियतामा विशालको उपचार भारत लगेर गरिने तयारी भएको छ । यसअघि पनि व्रिजवेनकै नेपाली युवक उज्जवल पौडेलको क्यान्सरको उपचार भारतमा भएको र अर्जुन तिमिल्सिना पनि क्यान्सरको उपचारका लागि भारत उड्न लागेको वताइएको छ ।

क्यान्सर निको भएका उज्जवल पौडेलेले यसअघि आफ्नो उपचार भएको नया दिल्लीस्थित विएलके अस्पतालका चिकित्सक राय माग्दा विशालको पनि उपचार संभव हुने जवाफ पाएपछि उनी त्यस तर्फ जाने भएक हुन् । विशालको उपचारका लागि झण्डै १ लाख ६० हजार अष्ट्रेलियन डरल खर्च लाग्ने अस्पतालले जानकारी पठाएको एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्काले बताएका छन् । त्यती ठूलो रकम विशालले जुटाउन नसक्ने भएकाले सहयोगको अपिल गरिएको हो । सहयोग जुटाउन एनआरएनएका पदाधिकारीहरु लागेका छन् । त्यस्तै एसियुमा नर्सिङ पढिरहेकी विशालकी श्रीमति एलिशा अधिकारीले पनि सबै मिलेर आफ्नो श्रीमानको ज्यान जोगाइदिन अपिल गरेकी छन् ।  विशाल बचाउ अभियानमा साथ दिन यो लिंकमा थिच्नुहोस् ।

Comments