काठमाडौं : नेपालमा थप ३० जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४८७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० जना नयाँ संक्रमित थपिएको जानकारी दिए।

अधिकारीका अनुसार उनीहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम न.पा.-३, १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू, १५ वर्षीया युवती संक्रमित भएका हुन्।

यस्तै अन्य संक्रमितमा कपिलवस्तुको बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, र ५३ वर्षीय पुरुष तथा ८ वर्षीय बालिका रहेका छन् ।

यस्तै सर्लाहीको गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ वर्षीय पुरुष तथा रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५ २७ ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुष तथा १८ वषीय युवतीमा पनि संक्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ ।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको मन्त्रलायले जनाएको छ ।

Comments