चितवन दुर्घटनाका मृतक सबै २२ जनाकै सनाखत

चितवन दुर्घटनाका मृतक सबै २२ जनाकै सनाखत
चितवन, ११ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको चितवनको चण्डिभञ्ज्याङ गाविस–६ कालीखोला नजिकैबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका २२ जनाकै सनाखत भएको छ । सनाखत भएका सबै शव परिवारले बुझेर लगेका छन् । घटनामा घाइते भएका १६ जनाको भरतपुरको दुई मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएकाहरुमध्ये हिजो साँझ ७ बजेसम्म १८ जनाको सनाखत भएको थियो । बाँकी चारजनाको पनि आज सनाखत भएको ...

श्रीमतिका साथ जंगलमा बास, न उपचार छ न खाने गास

श्रीमतिका साथ जंगलमा बास, न उपचार छ न खाने गास
जाजरकोट, ११ भदौ । सबैको इच्छा गाउँघर, साथीभाइ र इष्टमित्रसँग मिलेर बस्ने र सुखका साथ जिन्दगी बिताउने भन्ने हुन्छ । मिठो, मसिनो खाना अनि राम्रो बन्न कसलाई पो इच्छा हुदैँन र ? तर यहाँको एक दुर्गम गाउँको एक परिवार कुष्टरोग लागेपछि विगत ६ वर्षदेखि जङ्गलमा बस्दै आएका छन् । त्यहाँ उनीहरु जङ्गलमा रहरले नभइ बाध्यता, समाजको छ्या, छ्या अनि दुरदुरका कारण जङ्गलमा बस्न बाध्य भएको हो । जिल्लाको अति विकट नायक...

प्रहरीको सुरक्षा घेरामा टिकट बिक्री

प्रहरीको सुरक्षा घेरामा टिकट बिक्री
धनगढी , ११ भदौ । असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेका छन् । कानुन बमोजिम निर्वाध रुपमा बससेवा सञ्चालन गर्न पाउने वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि प्रहरीको सुरक्षा माग्नुपरेको बडिमालिका यातायात व्यवसायी समितिका पदाधिकारीले बताएका छन् । सुदूरपश्चिम यातायात व्यवसायी समिति र बडिमालिका यातायात व्यव...

पुष्पराज कँडेल भन्छन्ः ‘एमाले स्थानीय चुनावका लागि सधैं तयार छ’

पुष्पराज कँडेल भन्छन्ः  ‘एमाले स्थानीय चुनावका लागि सधैं तयार छ’
पोखरा, ११ भदौ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय निकाय निर्वाचनका लागि सधैं तयार रहेको स्थायी कमिटि आमन्त्रित सदस्य डा. पुष्पराज कँडेलले जनाएका छन् । केहि महिनाभित्रै स्थानीय तह पुनर्संरचना गरेर वा त्यसअघि पनि निर्वाचनमा जान एमालेलाई केहि आपत्ति नरहेको बताए । नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कँडेलले काँग्रेस र माओवादी केन्द्र नै चु...

संविधान कडाइका साथ कार्यान्वयन गर्न आवश्यक : डा भट्टराई

संविधान कडाइका साथ कार्यान्वयन गर्न आवश्यक : डा भट्टराई
ललितपुर, ११ भदौ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानमा सुनिश्चित गरिएका जनताका लोकतान्त्रिक अधिकारलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । ग्रिन काठमाडौँ क्लिन काठमाडौँ अभियान र ज्योतिदय सङ्घद्वारा आज यहाँ आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तराई मधेसले गर्दैआएको आन्दोलनलाई सम्बोधन गरेर संविधान संशोधन गरिनुपर्ने बताउनुभयो । उहाँले ...

त्रिशूलीमा ट्रक खस्यो, सात जनाको उद्धार

त्रिशूलीमा ट्रक खस्यो, सात जनाको उद्धार
चितवन, ११ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख ४५५६ नंको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक पानीमा डुबेको अवस्थामा छ । ट्रकबाट तीन बालबालिका, दुई महिला र दुई पुरुषको उद्धार गरिएको...

काँग्रेस र माओवादीले चुसेर छोडेका मन्त्रालका लागी सरकारमा जान्नौँ गच्छदार

काँग्रेस  र माओवादीले चुसेर छोडेका मन्त्रालका लागी सरकारमा जान्नौँ गच्छदार
काठमाडौँ, ११भदौ । मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्मानजनक मन्त्रालय नपाए सरकारमा नजाने बताउनुभएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले महत्वपूर्ण र आकर्षक मन्त्रालय नपाए सरकारमा नजाने बताउनुभएको हो । वर्तमान सरकारमा जानका लागि अब पशुपक्षी विकास, विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाइ महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मात्र बाँकी रहेक...

दाहाल मन्त्रिपरिषद ‘जम्बो’ हुँदै

दाहाल मन्त्रिपरिषद ‘जम्बो’ हुँदै
काठमाडौं, ११ भदौ- प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गरेका छन् । दाहालले शुक्रबार प्रमुख सत्ता साझेदार कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका मन्त्री थपिएपछि मन्त्रिपरिषद ३१ सदस्यीय भएको छ । दाहालले चार मन्त्रालय पशुपक्षी विकास, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा समाज कल्याण र विज्ञान तथा प्रविधिमा म...

देउवा फर्केपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने

देउवा फर्केपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने
काठमाडौं, ११ भदौ- प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका दुई शीर्ष नेतालाई भेटेर राजनीतिक सहमतिका लागि उपाय खोज्न पहल गरेका छन् । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटै सत्तासाझेदार दुई दलका शीर्ष नेताले मोर्चा(कांग्रेस र माओवादीबीच साउन १९ मा भएको तीनबुदे सहमतिमध्ये के(...

सर्वोच्चद्वारा अदुअआ प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिको सक्कल कागज माग

सर्वोच्चद्वारा अदुअआ प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिको सक्कल कागज माग
काठमाडौँ, १० भदौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कल कागजपत्र माग गरेको छ । न्यायाधीश दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले आज आयोगका प्रमुख कार्कीको नियुक्तिको सक्कल कागपत्र सरकारसँग माग गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभयो । प्रवक्ता सुवेदीले तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) लोकमानसिंह का...