दाङका दश जना बालश्रमिकको उद्धार

दाङका दश जना बालश्रमिकको उद्धार
दाङ, २७ चैत- यहाँका दश जना बालश्रमिकलाई परिवारमा पुनःस्थापित गरिएको छ । तुलसीपुर नगरपालिका र न्यू सिपिसी तुलसीपुरले सर्वेक्षणबाट भेटिएका ५३ जना बालश्रमिक मध्ये १४ वर्ष मुनिका दश जना बालश्रमिकलाई शैक्षिक सामग्रीसहित अभिभावकको जिम्मा लगाएको हो । होटल, ग्रील उद्योग, रिक्सा, यातायात, गहना उद्योगलगायत क्षेत्रमा श्रम गर्दै आएका बालबालिकालाई रोजगारदाता र परिवारसँगको परामर्शमा उद्धार गरी अभिभावकको ...

साहुको कुटपिटबाट मजदूरको मृत्यु

साहुको कुटपिटबाट मजदूरको मृत्यु
महोत्तरी, २७ चैत- साहुको कुटपिटपछि गम्भीर घाइते भएका एक मजदुरको मृत्यु भएको छ । हातिलेट–२ का पवन बस्नेतको कुखुरा फर्ममा वर्षौदेखि मजदुरी गर्दै आएका स्थानीय २५ वर्षीय बिजुलीकुमार सदाको कुटपिटबाट मृत्यु भएको हो । केहीदिन अगाडि साहुसँग सामान्य विवाद हुँदा दुवैजना बीच कुटाकुट भएको थियो । सोही क्रममा साहुको कुटाइबाट गम्भीर घाइते भएको सदाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । क...

स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा सरकारले ठोस काम गर्छ – प्रधानमन्त्री ओली

स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा सरकारले ठोस काम गर्छ – प्रधानमन्त्री ओली
काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा अध्ययन गर्न समिति बनाइएकाले ठोस काम हुने प्रतिबद्धता जनाउनुभएको छ । सहिद रत्नकुमार बान्तवाको ३७औँ स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले) इलाम–काठमाडौँ सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “यस वर्ष फागुन १...

माग पूरा गराउन जङ्गल जानु र नाकाबन्दी गर्नुपर्दैन – उपप्रम थापा

माग पूरा गराउन जङ्गल जानु र नाकाबन्दी गर्नुपर्दैन – उपप्रम थापा
दाङ, २७ चैत । उपप्रधानमन्त्री एवम् परराष्ट्र तथा स्थानीय विकासमन्त्री कमल थापाले व्यवस्था परिवर्तनका लागि अब फेरि पहिलाको जस्तै आन्दोलन नै गर्नु नपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपाल, दाङ शाखाले घोराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “संविधानबाटै आफ्ना मान्यता स्थापित गराउन सकिन्छ, अब आफ्ना माग पूरा गराउनका लागि बन्दुक बोकेर जङ्गल पनि जानु पर्दैन, सीमामा बसेर नाका...

कमल थापाले किन गरे मन्त्रिपरिषद् बैठक बहिष्कार

कमल थापाले किन गरे मन्त्रिपरिषद् बैठक बहिष्कार
काठमाडौँ , २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँग असन्तुष्ट भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले विद्रोह र अवज्ञा गरेको अर्थ लाग्ने गरी शुक्रबारको मन्त्रिपरिषद् बैठक बहिष्कार गरेका छन् । संघीयता कार्यान्वयन सम्बन्धी उच्चस्तरीय समितिमा आफ्नो नाम समावेश नभएको भन्दै उनी शुक्रबारको मन्त्रिपरिषद् बैठकमा नगएको स्रोतले बताएको छ । शुक्रबार १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा ...

नेपाललाई हेर्ने विषयलाई लिएर भाजपाभित्रै अन्तरविरोध

नेपाललाई हेर्ने विषयलाई लिएर भाजपाभित्रै अन्तरविरोध
काठमाडौँ , २७ चैत । नेपाल–भारत सम्बन्ध सञ्चालनका विषयमा सत्तारुढ भारतीय जना पार्टीमै दुई फरक धारणा देखिएको छ । भाजपा अध्यक्ष अमित साह, प्रधानमन्त्री नरेन्द्र मोदीको टिम नेपालप्रति नरम छैन । तर, नाकाबन्दी लगाएर घाटा भयो भन्ने विचारको नेतृत्व गृहमन्त्री राजनाथ सिंह, नेता लालकृष्ण आडवाणीहरुको समूहले गरिरहेको छ । पछिल्लोपटक नेपाललाई सकारात्मक रुपमा हेर्नुपर्छ भन्ने विारको वकालत गरिरहेका पार्टी म...

भारतको चासो नेपालमा, नजर चीनमा

भारतको चासो नेपालमा, नजर चीनमा
काठमाडौँ , २७ चैत । चीन र भारतबीच करिब ७० अर्ब डलरको व्यापार सामुद्रिक रुटबाट भइरहेको छ । रेल्वेबाट नेपाल हुँदै हुने व्यापार महँगो हुन्छ । यसबाट चीन वा भारत दुवैलाई फाइदा नहुँदानहुँदै चीन रेल लिएर किन काठमाडौंदेखि लुम्बिनीसम्म आउन खोजेको छ ? भारत सशंकित छ । चीनको कुन्मिङ हुँदै म्यानमार, बंगलादेश हुँदै भारतको कोलकाता जोड्ने बिसिआइएम (बंगलादेश, चीन भारत र म्यानमार) सम्पर्क सम्बन्धका लागि काम भइरह...

वेपत्ता भएको छोरो ११ वर्षपछि घर फर्केपछि…

वेपत्ता भएको छोरो ११ वर्षपछि  घर फर्केपछि…
धादिङ, चैत २७ ।  ‘१२ वर्षमा खोलो पनि फर्किन्छ’, भन्ने नेपाली उखान धादिङको जोगीमारा गाउँ विकास समितिकी ६३ वर्षीया कृष्णकुमारी मल्ल ठकुरीको जीवनमा चरितार्थ भएको छ । ११ वर्ष अघिदेखि खोलो बनेर बगेको उनको आँसु अब भने थामिएको छ । वेपत्ता भएको ११ वर्षपछि छोरो उनको घरमा खुसी लिएर फर्केका छन्, आजको अन्नपूर्णमा मनिष दुवाडीले खबर लेखेका छन्।  वैदशिक रोजगारीको लागि ११ वर्षअघि मलेसिया गएको छोरो घर फर्किने ख...

बदलिएन दिल्लीको दिल

बदलिएन दिल्लीको दिल
काठमाडौं, चैत २७ । साढे चार महिनाको नाकाबन्दी फर्ता गरेर प्रधानमन्त्री केपी ओलीलाई रातो कारपेट विछ्याएर स्वागत गरे पनि नेपालप्रतिको भारतीय धारणा परिवर्तन नभएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। धर्मनिरपेक्षताको बिषयमा बेखुस भारतले मधेसी नेतासँग काठमाडौंले समझदारी गर्न नसकेको विषयमा घोषित रुपमा असन्तुष्टि जनाएको छ। जेनेभा, लण्डन र ब्रसेल्ससम्मका छलफलमा असान्दर्भिक रुपमा नेपालका विषयलाई उठाउँ...