नेपाल संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमा तह नहटाउन माग

नेपाल संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमा तह नहटाउन माग
काठमाडौँ, २६ साउन । नेपाल संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमा (प्रमाण–पत्र) तह हटाउन नहुनेमा सरोकारवालाले जोड दिनुभएको छ । नेपाल प्राध्यापक सङ्घ, वाल्मीकि विद्यापीठले मङ्गलबार यहाँ आयोजना गरेको ‘उत्तरमध्यमा विस्थापनका समस्या र समाधान’ विषयक विचार गोष्ठीमा सहभागीले उत्तरमध्यमा हटाउन नहुनेमा जोड दिनुभएको हो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले संस्कृत विद्यालय दश जोड द...

नहरमा डुबेर बालिकाको मृत्यु

नहरमा डुबेर बालिकाको मृत्यु
मोरङ, २६ साउन । मोरङको डाँगीहाट–९ स्थित नहरमा डुबेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी १० वर्षीया बालिका जीना धिमाल रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो । घरनजिकै घाँस काट्न गएकी बालिकाको केसलिया नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि पुग्ने बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका

उपचारका लागि पुग्ने बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका
कञ्चनपुर, २६ साउन । महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् । दैनिक सयभन्दा बढी भाइरल ज्वरोका बिरामी अस्पताल पुग्न थालेको अस्पतालका सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीले बताउनुभयो । ओपिडी, इमरजेन्सी र जनरल वार्डमा भाइरल ज्वरोका बिरामी भर्ना भएर उपचार ...

खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा मृत्यु

खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा मृत्यु
दमक, २६ साउन । झापाको बैगुन्धुरा–५ स्थित कृष्णे खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा स्थानीय एक युवाको मङ्गलबार मृत्यु भएको छ । गौरादह–१२ बस्ने २२ वर्षीय मिलन हस्दाको मङ्गलबार माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । माछा मार्न गएका मिलनलाई खोलामा थापेको धरापबाट अचानक करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनको उपचारका लागि लाइफलाइन अस्पताल, दमक ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएक...

स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनको खाँचो अाैंल्याए प्रधानमन्त्री प्रचण्डले

स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनको खाँचो अाैंल्याए प्रधानमन्त्री प्रचण्डले
काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटार गएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले मधेस तथा जनजातिको मुद्दालाई अधिकतम सहमति कायम गरी राष्ट्रलाई एकताबद्ध गर्ने बताउँदै देशमा विद्यमान समस्याको छ...

शुक्रबारदेखि काठमाडाैंमा शैक्षिक मेला हुँदै

शुक्रबारदेखि काठमाडाैंमा शैक्षिक मेला हुँदै
काठमाडौँ, २६ साउन– ‘नेपालमै उच्च शिक्षा हासिल गरौँ’ भन्ने उद्देश्यका साथ शुक्रबारदेखि शैक्षिक मेलाको आयोजना हुने भएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्णमा दुई दिनसम्म चल्ने सो मेलामा बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिएचएम, बिबिए र बिएस्सी लगायतका प्राविधिक विषयका बारेमा विद्यार्थीले जानकारी लिन सक्नेछन् । भिजन मिडिया इन्कर्पोरेसन र एजुकेसन डटकमले संयुक्तरूपमा आयोजना गरेको मेला बिहान १० देखि स...

प्रधानमन्त्री प्रचण्ड र जापानी राजदूतबीच बिहानै भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र जापानी राजदूतबीच बिहानै भेटवार्ता
काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री दाहालले नेपालको जापानसँग पुरानो तथा मित्रवत् सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा जापान सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभएको थ...

पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो
मोरङ, २६ साउन । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो । माग गरेअनुसारको पेट्रोल उपभोक्ताले सहजै पाउन भन्ने उद्देश्य राखेर निगमको क्षेत्रीय कार्यालयले सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको निगमका पूर्व क्षेत्रीय प्रमुख...

कुकुरकाे अाक्रमणमा परी ११ गाइगाेरु मरे

कुकुरकाे अाक्रमणमा परी ११ गाइगाेरु मरे
जुम्ला, २६ साउन । यही साउन १३ गते जिल्ला प्रशासन कार्यालय जुम्लाले छाडा कुकुर मार्ने निर्णय गरेयता भुस्याहा कुकुरले ११ पशुचौपायामा क्षति पुर्याएका छन् । चन्दननाथ नगरपालिका–३, ७ र ८ का स्थानीयवासीको पशुमा भुस्याहा कुकुरले आक्रमण गरी ११ गाईगोरु मारिसकेको स्थानीयवासी दीपबहादुर मल्लले जानकारी दिनुभयो । नगरपालिकाको समन्वयमा प्रशासनले भुस्याहा कुकुरको ठेगान लगाउने भनेपनि तिनले निरन्तर क्षति पुर्याइरह...

स्यालले टोक्दा ६ जना गम्भीर घाइते

स्यालले टोक्दा ६ जना गम्भीर घाइते
महोत्तरी, २६ साउन । महोत्तरीको लक्ष्मिनियाँमा स्यालको टोकाइले ६ जना गम्भीर घाइते भएका छन् । गएराति घर नजिकै रहेको उखु खेतबाट आएको स्यालले टोक्दा लक्ष्मिनियाँ–३ का ५० वर्षीय इसाक चुरैट, ५ वर्षीय लिखित खातुन, १० वर्षीय सोयव शेष, १० वर्षीया लाडली खातुन, ३ वर्षीय राम विनय महतो र १५ वर्षीय सुदीपकुमार महतो रहेका छन् । घरमा बसिरहेको समयमा उखुबारीबाट बाहिर निस्केको सो स्यालले उनीहरुलाई टोकेको इलाका ...