काठमाडौँ उपत्यकाभित्रका पाँच कम्पनीबाट उत्पादित दहीमा ठगी

काठमाडौँ उपत्यकाभित्रका पाँच कम्पनीबाट उत्पादित दहीमा ठगी
काठमाडौँ, १२ साउन । काठमाडौँ उपत्यकाभित्रका पाँच कम्पनीबाट उत्पादित दहीमा ठगी भएको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि पठाएपछि नाप गर्दा व्यापक ठगी भएको पाइएको हो । विभिन्न कम्पनीलाई जाँच गर्दा एक लिटर दहीमा १४० देखि १६० मिलिलिटरसम्म कम भेटिएको पाइएको छ । जाँच गरिएकामध्ये नेपाल डेरीमा ...

पचास वर्षको अन्तरालमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख

पचास वर्षको अन्तरालमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख
काठमाडौँ, १२ साउन । पचास वर्षको अन्तरालमा रगत दान गर्नेको सङ्ख्या ३३ लाख पुगेको छ । नेपाल रेडक्रस सोसाइटी स्थापनाको तीन वर्षपछि सोसाइटीअन्तर्गतको रक्त सञ्चार सेवा केन्द्रले आजकै दिन अर्थात् २०२३ साउन १२ गतेदेखि रगत सङ्कलन तथा वितरणको कार्य सुरु गरेको थियो । नेपालमा रक्तसञ्चार सेवाका स्वर्ण जयन्तीका अवसरमा सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सोसाइटीले लक्ष्मी ब्लड ब...

राप्ती नदी किनारमा चारवटा शव फेला परे

राप्ती नदी किनारमा चारवटा शव फेला परे
दाङ, १२ साउन । राप्ती नदी किनारमा बुधबर बिहान चारवटा शव फेला परेकोे छ । दुई महिला र दुई पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ । उहाँका अनुसार राप्तीको बहाव कम भएपछि बुधबार बिहान दाङका सतवरिया गाविस–५ बगरापुरमा ती शव फेला परेका हुन् । उपरीक्षक सिंहले ती शव पहाडी जिल्ला प्यूठानतिरबाट राप्ती नदीले बगाएर ल्याएको हुनसक्ने बताउनुभयो ...

बाढीले लघुजलविद्युत् परियोजना बन्द हुँदा ३ सय ८० घर अन्धकारमा

बाढीले लघुजलविद्युत् परियोजना बन्द हुँदा ३ सय ८० घर अन्धकारमा
म्याग्दी, १२ साउन- अविरल वर्षापछि आएको बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको ओखरबोटका ३८० घरधुरी समस्यामा परेका छन् । ओखरबोट–३ च्युरीबोटमा रहेको ३० किलोवाट क्षमताको दाजुङखोला लघुजलविद्युत् आयोजनाको पानी ल्याउने मुहानदेखि करिब १५० मिटर नहर बगाएपछि विद्युत् उत्पादन बन्द भएको छ । दाजुङखोलामा आज आएको बाढीले परियोजनाको नहर बगाएपछि ओखरबोट, च्युरीबोट, छाप, महभिरलगायत रुम गाविसको ख...

पुनर्निर्माणका लागि रु २० अर्बको अख्तियारी

पुनर्निर्माणका लागि रु २० अर्बको अख्तियारी
काठमाडौँ, १२ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्तास्वरुप अनुदान रकम उपलब्ध गराउने गरी २० अर्ब रुपैयाँ बराबरको बजेटको अख्तियारी प्रदान गरेको छ । प्राधिकरणका अनुसार चार लाख ७४ हजार ४४४ घरधनीलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्छ । उक्त रकम स्थानीय विकास तथा सङ्घीय...

सीमित स्रोतसाधनबीच उल्लेखनीय कृषि अनुसन्धान

सीमित स्रोतसाधनबीच उल्लेखनीय कृषि अनुसन्धान
काठमाडौँ, १२ साउन । नेपालमा खाद्यान्नको उत्पादनको क्षेत्रमा अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद्ले सीमित स्रोतसाधन तथा जनशक्तिका बीच पनि कृषि अनुसन्धान क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । जनताले अपेक्षा गरे अनुसारको कृषि क्षेत्रमा परिवर्तन गर्न राज्यले यस परिषद्को विकास तथा विस्तारमा विशेष चासो दिनुपर्ने, आर्थिक अभाव रहेको तथा बदलिँदो परिवेशअनुसार ऐन तथा नियममा परिवर्त...

प्यूठानमा पहिरोमा परी थप तीनको मृत्यु, चार वेपत्ता

प्यूठानमा पहिरोमा परी थप तीनको मृत्यु, चार वेपत्ता
प्यूठान, ११ साउन । सोमबारदेखिको लगातार परेको बर्षाका कारण जिल्लाको फोप्ली–६ सिममा गएराति पाँच घर पहिरोले बगाउँदा नारायण केसी, द्रोणबहादुर केसी र उनकी श्रीमती पवित्रा केसीको मृत्यु भएको छ । पहिरोमा परी बेपत्ता हुनेमा नेकपा माओवादीका केन्द्रीय सदस्य हरिबहादुर केसी र उनकी श्रीमती विन्दू केसी, नरबहादुर बुढाथोकी (जागेश्वर) र उनकी श्रीमती तिमा बुढाथोकी रहेका छन् । पहिरोबाट नारायण केसीकी श्रीमती ना...

दश दिनदेखि पहिरो  : राति घर छोड्न बाध्य

दश दिनदेखि पहिरो  : राति घर छोड्न बाध्य
बेनी (म्याग्दी), १२ साउन । म्याग्दीको भकिम्ली–९ तोराखेतबाट साउन ४ गतेदेखि खस्न सुरु गरेको पहिरो नरोकिँदा बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातमा घर छोडेर आफन्तकोमा बस्न बाध्य भएका छन् । गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भीरबाट विगत १० दिनदेखि लगातार रुपमा खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथ सोही दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन् । केही दिनअ...

दिक्तेल–हलेसी सडक पूर्णरुपमा अवरुद्ध

दिक्तेल–हलेसी सडक पूर्णरुपमा अवरुद्ध
खोटाङ, १२ साउन । लगातारको वर्षाका कारण खोटाङको दिक्तेल–हलेसी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । जयरामघाटदेखि हलेसी, हलेसीदेखि मुढे र मुढेदेखि दिक्तेल गरी तीन खण्डमा विभाजित सडकमा अहिले कुनै पनि यात्रुवाहक सवारीसाधन चल्न सकेका छैनन् । साउन लागेयता निरन्तर भइरहेको वर्षाका कारण दिक्तेल–हलेसी सडक पाँच दिनदेखि पूर्णरुपमा अवरुद्ध भएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताउनुभयो । ...

पर्वतमा पहिरोले कपास उद्योग पुरिँदा उद्योगभित्र सुतिरहेका सात मजदुर र सञ्चालक घाइते

पर्वतमा पहिरोले कपास उद्योग पुरिँदा उद्योगभित्र सुतिरहेका सात मजदुर र सञ्चालक घाइते
फलेवास (पर्वत), १२ साउन । गएराति वर्षासँगै भीरबाट झरेको पहिरोले माझफाँट–२ मा कपास उद्योग पुरिँदा सातजना घाइते भएका छन् । पर्वत जिल्लाको माझफाँट–२ बारीबेनीमा कालीगण्डकीको तिरमा रहेको धौलागिरि कपास उद्योग पहिरोका कारण पुरिएको हो । पहिरोले पुरिएर उद्योगभित्र सुतिरहेका सातजना मजदुर र सञ्चालक घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेको छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा रहेक...