ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल माघ २८ गते सोमबार नेपाल सम्बत ११३९ सिल्लाथ्व,सन् २०१९ फेब्रुवरी ११ तारिक शुक्लपक्ष षष्ठी तिथि विहान ११ वजेर १ मिनेटसम्म, अश्विनी नक्षत्र अपरान्ह ५ वजेर २३ मिनेटसम्म,शुभयोग,तैतिलकरण,आनन्दादियोग राक्षस,सूर्य मकर राशीमा,चन्द्रमा मेष राशीमा । मुहूर्त,वारवेला र राशी ॐःराहुकालः–अशुभ विहान ८÷९ वजेबाट ९÷३२ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान १०÷५५ वजेबाट मध्यान्ह १२÷१८ वजेसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह १÷४१ वजेबाट ३÷४ वजेसम्म रहनेछ ।

दूरमुहूर्तः–अशुभ मध्यान्ह १२÷४० वजेबाट अपरान्ह १÷२५ वजेसम्म र २÷५३ वजेबाट ३÷३८ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷४० वजेसम्म रहनेछ ।ॐःसूर्योदयबाट प्रातः ८÷१० वजेसम्म अमृत वेला,८÷१० वजेबाट ९÷३३ वजेसम्म काल वेला,९÷३३ वजेबाट १०÷५६ वजेसम्म शुभ वेला,१०÷५६ वजेबाट १२÷१९ वजेसम्म रोग वेला,१२÷१९ वजेबाट १÷४२ वजेसम्म उद्वेग वेला,१÷४२ वजेबाट ३÷५ वजेसम्म चर वेला,३÷५ वजेबाट ४÷२८ वजेसम्म लाभ वेला र ४÷२८ वजेबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।ॐःसूर्यास्तबाट ७÷२८ वजेसम्म चर वेला,७÷२८ वजेबाट ९÷५ वजेसम्म रोग वेला,९÷५ वजेबाट १०÷४२ वजेसम्म काल वेला,१०÷४२ वजेबाट १२÷१९ वजेसम्म लाभ वेला,१२÷१९ वजेबाट १÷५६ वजेसम्म उद्वेग वेला,१÷५६ वजेबाट ३÷३३ वजेसम्म शुभ वेला,३÷३३ वजेबाट ५÷१० वजेसम्म अमृत र ५÷१० वजेबाट सूर्योदयसम्म चर वेला रहनेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः– गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् । काम गर्ने जोश जागर बढ्नेछ । भोज भतेर सभा सम्मेलनको निमन्त्रण आउनेछ ।

बृष

वृषः– दिन खर्चालु रहला । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । मन चञ्चल हुनेछ । काम गरेर जश पाईने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ । विवादित काममा हात नहाल्नु होला । अरुको भर नपर्नु होला ।

मिथुन

मिथुनः– आफन्तको सहयोगमा आम्दानीका नयाँ क्षेत्र पहिलिने छन् । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन ।

कर्कट

कर्कटः– दिन उत्साहावद्र्धक नै देखिन्छ । भोग विलासिता बढ्नेछ । विगतमा पुरा गर्न नसकेका काम आज पुरा हुनेछन् । आफन्तबाट सहयोग पाईनेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

सिंह

सिंहः– भाग्यमा अवरोध आउनेछ । राज्यसँग सरोकार रहेका काममा झन्झट आउन सक्छ । आफ्नो इज्जत प्रतिष्ठमा आच आउन सक्ने हुदा काम गर्दा चनाखो रहनु होला । अनावस्यक तनाव बढ्नेछ ।

कन्या

कन्याः– दिन त्यति अनुकुल देखिन्न । बन्न लागेका काम विग्रिन सक्छन्,समयमा नै होशियार रहनु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानसिक तनाव बढ्नेछ । व्यय मार्ग प्रशस्त खुल्ने छन्,मुठ्ठि कस्नु होला ।

तुला

तुलाः– प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । बैदेशिक मार्ग खुल्ने छन भने यात्राको सम्भावना देखिन्छ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ ।

बृश्चिक

वृश्चिकः– अरुको काम गरेर यश मिल्ने छैन । आफ्नो काम गर्दा गोपनियता भङ्ग नगर्नु होला । उच्चमनोबलका साथ गरेका काम सफल हुनेछन् । प्रतिश्पर्धाबाट पछाडि नहट्नु होला । सुख,शान्ति आनन्द कम मिल्नेछ ।

धनु

धनुः– विचारको खडेरी पर्न सक्छ । दुविधा मुक्त हुनुहोला । समयमा निर्णय लिन सकिएन भने अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । वैराग्यता बढ्नेछ । व्यापार व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

मकर

मकरः– परिवारिक चिन्ता बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । आफ्नो सोचाईको विपरित काम हुने छन् । खर्चमा वृद्धि हुन सक्छ । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ । सहयोग पाईने छैन ।

कुम्भ

कुम्भः– काम गर्ने उत्साहा बढ्नेछ । उच्च मनोबलका साथ अगाडि बढ्नु होला लडाईमा जीत हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्दा दाम पनि हात पर्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

मीन

मिनः– अध्ययन अध्यापनमा भन्दा धनमा मन दौडिनेछ । आफन्तबाट सोचे जस्तो सहयोग मिल्ने छैन । ऋण लगानी गर्दा विचार पु¥याउनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारबाट थोरै लाभ हुनेछ ।

तपाईको प्रतिक्रिया