ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुम पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल चैत्र १ शुक्रबार नेपाल सम्बत ११३९ चिल्लाथ्व,सन् २०१९ मार्च १५ तारिक शुक्लपक्ष नवमी तिथि राती ९ वजेर १० मिनेटसम्म,आद्र्रा नक्षत्र राती ११ वजेर ३९ मिनेटसम्म,आयुष्मानयोग,बालवकरण,आनन्दादियोग पद्म,सूर्य मीन राशीमा,चन्द्रमा मिथुन राशीमा ।मुहूर्त,वारवेला र राशीॐःराहुकालः–अशुभ विहान १०÷४४ वजेबाट १२÷१३ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– अपरान्ह ३÷१२ वजेबाट ४÷४२ वजेबाट वजेसम्म रहनेछ । गुली कालः–सामान्य विहान ७÷४५ वजेबाट ९÷१४ वजेसम्म रहनेछ ।

दूरमुहूर्तः–अशुभ विहान ८÷३८ वजेबाट ९÷२६ वजेसम्म र मध्यान्ह १२÷३७ वजेबाट अपरान्ह १÷२४ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷४९ वजेबाट मध्यान्ह १२÷३७ वजेसम्म रहनेछ । ॐःसूर्योदयबाट प्रातः ७÷४५ वजेसम्म चर वेला,७÷४५ वजेबाट ९÷१४ वजेसम्म लाभ वेला,९÷१४ वजेबाट १०÷४४ वजेसम्म अमृत वेला,१०÷४४ वजेबाट १२÷१३ वजेसम्म काल वेला,१२÷१३ वजेबाट १÷४३ वजेसम्म शुभ वेला,१÷४३ वजेबाट ३÷१२ वजेसम्म रोग वेला,३÷१२ वजेबाट ४÷४१ वजेसम्म उद्वेग वेला र ४÷४१ वजेबाट सूर्यास्तसम्म चर वेला रहनेछ ।ॐःसूर्यास्तबाट ७÷४२ वजेसम्म रोग वेला,७÷४२ वजेबाट ९÷१३ वजेसम्म काल वेला,९÷१३ वजेबाट १०÷४३ वजेसम्म लाभ वेला,१०÷४३ वजेबाट १२÷१४ वजेसम्म उद्वेग वेला,१२÷१४ वजेबाट १÷४५ वजेसम्म शुभ वेला,१÷४५ वजेबाट ३÷१५ वजेसम्म अमृत वेला,३÷१५ वजेबाट ४÷४६ वजेसम्म चर र ४÷४६ वजेबाट सूर्योदयसम्म रोग वेला रहनेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः– समयमा कार्य सम्पादन गर्ने प्रयत्न गर्नु होला । सौन्दर्य प्रशोधन कार्यबाट लाभान्वित हुनुहुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

बृष

वृषः– सामान्य समय चलेको देखिन्छ । कामलाई हल्का रुपमा नलिनु होला । प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । वैतनिक र शैक्षिक क्षेत्र कमजोर देखिन्छ ।

मिथुन

मिथुनः– घरको वातवरण अनुकुल बन्नेछ । परिवारजनको सहयोगमा काम बन्ने छन् । देश,प्रदेश यात्राको योग देखिन्छ । व्यापार व्यवसायमा उन्नति प्रगतिको राम्रो सम्भावना देखिन्छ । निमन्त्रणा आउनेछ ।

कर्कट

कर्कटः– पारिवारिक समस्या बढ्ने छन् । आलस्यता बढ्नेछ । काम गरेर जश कमै मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवादबाट टाढा बस्नु होला । मिथ्या आरोप लाग्न सक्छ ।

सिंह

सिंहः– सरल रुपमा काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने देखिन्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । आफन्तबाट सहयोग मिल्नेछ । समयको सदुपयोग गर्न पछि नपर्नुहोला ।

कन्या

कन्याः– सहज र सरल विधिबाट काम बन्ने छन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । मित्रहरुले सहयोग गर्ने छन् ।

तुला

तुलाः– सम्पतिको चिन्तले छोड्ने छैन । उपलब्धिमुलक काम कमै हुनेछन् । अरुको भलाईमा बढि समय खर्च हुनसक्छ । घर छोडेर हिड्न मन लाग्ने छ । आम्दानी खर्च बरावरै जस्तो होला । आस्था घट्नेछ ।

बृश्चिक

वृश्चिकः–प्रतिकुल वातावरण सँग खेल्नु पर्नेछ । मानसिक चिन्ताले छोड्ने छैन । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । व्यापार घट्नेछ ।

धनु

धनुः– समय थोरै अनुकुल भएका वेलामा अधिकतम लाभ लिने प्रयत्न गर्नु होला । ढिला सुस्ति गरेमा अवसर गुम्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा हेलचक्रयाई नगर्नु होला ।

मकर

मकरः– संघर्ष नगरि केहि हुने छैन । विरोधीको सक्रियता बढ्नेछ । परिवारमा विवाद बढ्न सक्छ । काम गर्दा कत्ति पनि दुविधा नभई गर्नु होला । समयलाई बुझेर काम गर्न सकेमा सफलताको नजिक पुगिनेछ ।

कुम्भ

कुम्भः–अस्थिरताले अनिष्ट निम्त्याउने हुदा धैर्यता नतोड्नु होला । अनावस्यक काममा धन लगानी हुनसक्छ । समयले कम साथ दिनेछ । व्यापार व्यवसायबाट सामानय आम्दानी हुनेछ । घरमा शान्ति कम मिल्नेछ ।

मीन

मिनः–गरेका कामबाट आफुलाई भन्दा बढि फाइदा अरुलाई हुनसक्छ । भुलभुलैयामा परेर आफ्नो कामलाई छोडेर अन्त नलाग्नुहोला । पारिवारिक खर्च बढ्नेछ । स्वास्थ्यको ख्याल राख्नु होला । अरु भरमा काम नगर्नु होला ।

तपाईको प्रतिक्रिया