ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल चैत्र ४ सोमबार नेपाल सम्बत ११३९ चिल्लाथ्व,सन् २०१९ मार्च १८ तारिक शुक्लपक्ष द्वादशी तिथि अपरान्ह २ वजेर ३५ मिनेटसम्म,अश्लेषा नक्षत्र साँझ ७ वजेर १० मिनेटसम्म,सुकर्मयोग,बालवकरण,आनन्दादियोग सौम्य,सूर्य मीन राशीमा,चन्द्रमा साँझ ७ वजेर १० मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा ।मुहूर्त,वारवेला र राशी ॐःराहुकालः–अशुभ विहान ७÷४३ वजेबाट ९÷१३ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान १०÷४३ वजेबाट मध्यान्ह १२÷१३ वजेसम्म रहनेछ ।

गुली कालः–सामान्य अपरान्ह १÷४३ वजेबाट ३÷१३ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ मध्यान्ह १२÷३६ वजेबाट अपरान्ह १÷२४ वजेसम्म र ३ वजेबाट ३÷४८ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷४८ वजेबाट मध्यान्ह १२÷३६ वजेसम्म रहनेछ ।ॐःसूर्योदयबाट प्रातः ७÷४३ वजेसम्म अमृत वेला,७÷४३ वजेबाट ९÷१३ वजेसम्म काल वेला,९÷१३ वजेबाट १०÷४३ वजेसम्म शुभ वेला,१०÷४३ वजेबाट १२÷१३ वजेसम्म रोग वेला,१२÷१३ वजेबाट १÷४३ वजेसम्म उद्वेग वेला,१÷४३ वजेबाट ३÷१३ वजेसम्म चर वेला,३÷१३ वजेबाट ४÷४३ वजेसम्म लाभ वेला र ४÷४३ वजेबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।ॐःसूर्यास्तबाट ७÷४३ वजेसम्म चर वेला,७÷४३ वजेबाट ९÷१३ वजेसम्म रोग वेला,९÷१३ वजेबाट १०÷४३ वजेसम्म काल वेला,१०÷४३ वजेबाट १२÷१३ वजेसम्म लाभ वेला,१२÷१३ वजेबाट १÷४३ वजेसम्म उद्वेग वेला,१÷४३ वजेबाट ३÷१३ वजेसम्म शुभ वेला,३÷१३ वजेबाट ४÷४३ वजेसम्म अमृत र ४÷४३ वजेबाट सूर्योदयसम्म चर वेला रहनेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः आकस्मिक अनायास खर्च वृद्धि हुनेछ । घरपरिवारमा सनातिना समस्या देखा पर्ने छन् । उपलब्धिका काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापारबाट आम्दानी घट्नेछ । आफन्तबाट विश्वासघात हुन सक्छ ।

बृष

वृषः काम गर्ने जोश जागर बढ्नेछ । आफन्तबाट सामान्य सहयोग पाईनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । घर वाहिर बसेर काम गर्दा बढि अनुकुलता हुनेछ ।

मिथुन

मिथुनः दिन मध्यम खालको देखिन्छ । ऋणमा काम नगर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन । मिलेर काम सके सम्म नगर्नु होल । आलस्यता नै शत्रु सम्झि काम गर्नु भएमा राहत मिल्नेछ ।

कर्कट

कर्कटः झन्झटिला कामबाट मुक्त हुनुहुनेछ । गरेका कामबाट आम्दानी बढ्ने देखिन्छ । काम गर्ने जोश,जागर बढ्नेछ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् । उत्तम भोजन र आसन मिल्नेछ ।

सिंह

सिंहः विना उपलब्धिका काममा विनाकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । रिस,अहंकार र क्रोध बढ्नेछ ।

कन्या

कन्याः थोरै मेहनत धेरै पैसा,परिवारजनको सहयोग,माताको आशिर्वाद मिल्नेछ । आर्जन गरेको धनलाई संरक्षण गर्न भने गाह्रो पर्न सक्छ । आकस्मिक धन हात पर्ने योग पनि देखिन्छ । उधारो रकम उठ्नेछ ।

तुला

तुलाः काम बनेको आफैलाई पत्तो नलाग्न सक्छ । नयाँ कामको थालनि नहोला भन्न सकिन्न । काम गरेर प्रतिष्ठा आर्जन गर्न सकिनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ ।

बृश्चिक

वृश्चिकः समय मध्यम् खालको छ । बाहिरी काममा समय खर्च हुदा आफ्ना काम अधुरा रहने छन् । व्यापार व्यवसायमा विस्तारै प्रगति हुने छ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

धनु

धनुः दिन प्रतिकुलछ काम गर्दा विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । रुघा खोकीले सताउन सक्छ । आर्थिक कारोवारमा गडबढ हुन सक्ने कुरालाई नकार्न सकिन्न ।

मकर

मकरः प्रेममा सफलता मिल्नेछ । नयाँ कार्य योजनाहरु अगाडि बढाउन सजिलो हुनेछ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । आफन्तबाट सहयोग मिल्नेछ ।

कुम्भ

कुम्भः शत्रु लाग्न सक्छन्,काम गर्दा अत्यन्त चनाखो भएर गर्नु होला । उच्चमनोबलका साथ लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । ऋणमा कुनै काम नगर्नु होला ।

मीन

मिनः मनमा भ्रम पालेर नबस्नु होला । पढाई लेखाई प्रगति हुनेछ । समयमा महत्व वुझेर काम गर्नु होला । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्ने छन् सतर्क रहनु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

तपाईको प्रतिक्रिया