ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख ९ गते सोमबार नेपाल सम्बत ११३९ चौलागा,सन् २०१९ अप्रिल २२ तारिक कृष्णपक्ष तृतीया तिथि अपरान्ह १ वजेर ५० मिनेटसम्म,अनुराधा नक्षत्र साँझ ७ वजेर १५ मिनेटसम्म,व्यतिपातयोग,भद्राकरण,आनन्दादियोग मानस,सूर्य मेष राशीमा,चन्द्रमा वृश्चिक राशीमा ।

मुहूर्त – शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३७ वजेबाट मध्यान्ह १२÷२८ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–अपरान्ह १÷४० वजेबाट ३÷१७ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ७÷१२ वजेबाट ८÷४९ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान १०÷२६ वजेबाट मध्यान्ह १२÷३ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–मध्यान्ह १२÷२८ वजेबाट अपरान्ह १÷२० वजेसम्म र ३÷४ वजेबाट ३÷५६ वजेसम्म रहनेछ

बार वेला – सूर्योदयबाट प्रातः ७÷१२ वजेसम्म अमृत वेला,७÷१२ वजेबाट ८÷४९ वजेसम्म काल वेला,८÷४९ वजेबाट १०÷२६ वजेसम्म शुभ वेला,१०÷२६ वजेबाट १२÷३ वजेसम्म रोग वेला,१२÷३ वजेबाट १÷४० वजेसम्म उद्वेग वेला,१÷४० वजेबाट ३÷१७ वजेसम्म चर वेला,३÷१७ वजेबाट ४÷५४ वजेसम्म लाभ वेला र ४÷५४ वजेबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

बार वेला – सूर्यास्तबाट ७÷५५ वजेसम्म चर वेला,७÷५५ वजेबाट ९÷१८ वजेसम्म रोग वेला,९÷१७ मिनेटबाट १०÷४० वजेसम्म काल वेला,१०÷४० वजेबाट १२÷३ वजेसम्म लाभ वेला,१२÷३ वजेबाट १÷२६ वजेसम्म उद्वेग वेला,१÷२६ वजेबाट २÷४९ वजेसम्म शुभ वेला,२÷३९ वजेबाट ४÷१२ वजेसम्म अमृत र ४÷१२ वजेबाट सूर्योदयसम्म चर वेला रहनेछ । शुभाशुभ“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः– काममा सोचे जस्तो प्रगति हुने छैन,समय प्रतिकुल बढि देखिन्छ । मनोरञ्जनमा बढि खर्च हुनेछ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला डुविनेछ । व्यापारमा गिरावट आउनेछ । मानसिकत तनाव बढि हुनेछ ।

बृष

वृषः–समयले साथ दिनेछ । नयाँ कार्य योजना सजिलै अगाडि बढ्ने छन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

मिथुन

मिथुनः–साना साना काम सफल गर्न पनि धेरै संघर्ष गर्नु पर्नेछ । मेहनत गर्न पछि नपर्नु होला परिश्रमको फल मिठो निस्कनेछ । व्यवहारिक सहयोग मिल्ने छैन । धन दिने काम नगर्नु होला ।

कर्कट

कर्कटः– गरे जस्तो सोचे जस्तो काममा सफलता मिल्ने छैन । तर आँशिक लाभ भने हुनेछ । दिएको धन डुब्न सक्छ । चिन्तन मननमा धेरै समय जानेछ । प्रेम प्रस्ताव आउन सक्छ । व्यापार मन्द रहला ।

सिंह

सिंहः– उपलब्धिका काममा भन्दा भेटघाट रमाईलोमा समय बढि खर्च हुनेछ । आफन्तका कारण धन खर्च हुनेछ । स्पष्ट बोल्दा आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आय आर्जनघट्नेछ ।

कन्या

कन्याः–साहास,धैर्यता र पराक्रम बढ्नेछ । विज्ञान प्रविधि तथा अग्नि तत्व प्रधान व्यापार व्यवसायमा लगानी नबढाउनु होला भविष्यमा दुःख पाईनेछ । पुराना काम धेरै जसो फस्र्योट हुनेछन् । आफन्तको सहयोग मिल्नेछ ।

तुला

तुलाः–आफन्त सँग भेटघाट हुनेछ । संचित धनमा थोरै वृद्धि हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । प्राविधिक काममा लगानी नबढाउनु होला ।

बृश्चिक

वृश्चिकः–गलत विचार र गतिरोधको अवसान हुनेछ । मान्यजनबाट काम गर्ने हौसला मिल्नेछ । भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्न सक्छ । प्राविधिक कामबाट लाभान्वित हुनुहुनेछ ।

धनु

धनुः– काम गर्ने वातावरण विग्रिन सक्छ । सचेत रहनु होला विगतका उपलब्धि गुम्न सक्छन् । विश्वासको संकट पर्नेछ । काम गरेर लाभ भन्दा हानी बढि हुनसक्छ । व्यापारमा गिरावत आउनेछ ।

मकर

मकरः– नयाँ काम हात लाग्न सक्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । जीवन साथिको सहयोगमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायमा आम्दानीका प्रचुर सम्भावना देखिने छन् । मांगलिक काम हुनेछ ।

कुम्भ

कुम्भः– समयले साथ दिनेछ । विगतका समस्या समाधान भएर जानेछन् । कुरा काट्ने सहयोगको हात फैलाउने छन् । सामाजिक काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ ।

मीन

मिनः–समयमा क्रमिक सुधार आउनेछ । मानसिक तनावमा थोरै कमि आउनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । कला साहित्यतिर अभिरुची बढ्नेछ । पढाई मन्द गतिमा अगाडि बढ्नेछ ।

तपाईको प्रतिक्रिया