ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल वैशाख १० गते भौमबार नेपाल सम्बत ११३९ चौलागा,सन् २०१९ अप्रिल २३ तारिक कृष्णपक्ष चतुर्थी तिथि अपरान्ह १ वजेर ४१ मिनेटसम्म,ज्येष्ठा नक्षत्र साँझ ७ वजेर ५३ मिनेटसम्म,परिघयोग,बालवकरण,आनन्दादियोग मुद्गर,सूर्य मेष राशीमा,चन्द्रमा साँझ ७ वजेर ५३ मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा ।

मुहूर्त – शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३६ वजेबाट मध्यान्ह १२÷२८ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–अपरान्ह मध्यान्ह १२÷४ वजेबाट अपरान्ह १÷४१ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ३÷१८ वजेबाट ४÷५५ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान ८÷४८ वजेबाट १०÷२५ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ८÷९ वजेबाट ९÷१ वजेसम्म र राती १०÷५६ वजेबाट ११÷४८ वजेसम्म रहनेछ

बार वेला – सूर्योदयबाट प्रातः ७÷११ वजेसम्म रोग वेला,७÷११ वजेबाट ८÷४८ वजेसम्म उद्वेग वेला,८÷४८ वजेबाट १०÷२५ वजेसम्म चर वेला,१०÷२६ वजेबाट १२÷४ वजेसम्म लाभ वेला,१२÷४ वजेबाट १÷४१ वजेसम्म अमृत वेला,१÷४१ वजेबाट ३÷१८ वजेसम्म काल वेला,३÷१८ वजेबाट ४÷५५ वजेसम्म शुभ वेला र ४÷५५ वजेबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।

बार वेला – सूर्यास्तबाट ७÷५४ वजेसम्म काल वेला,७÷५४ वजेबाट ९÷१७ वजेसम्म लाभ वेला,९÷१७ मिनेटबाट १०÷४० वजेसम्म उद्वेग वेला,१०÷४० वजेबाट १२÷३ वजेसम्म शुभ वेला,१२÷३ वजेबाट १÷२५ वजेसम्म अमृत वेला,१÷२५ वजेबाट २÷४८ वजेसम्म चर वेला,२÷४८ वजेबाट ४÷११ वजेसम्म रोग र ४÷११ वजेबाट सूर्योदयसम्म काल वेला रहनेछ ।शुभाशुभ“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः– समयले त्यति साथ दिने देखिन्न । लक्षित लक्ष्यमा पुग्न गाह्रो हुनेछ । अपमान,अपहेलाना सहनु पर्नेछ । व्यापार व्यवसाय आएको मन्दि कायम रहनेछ । साँझतिर समयमा सामान्य सुधार आउनेछ ।

बृष

वृषः– हेलचक्र्याई नगरि लगनशिल भई काम गर्नु होला समय प्रतिकुल बन्दै छ । अपरान्ह पूर्व गरेका काम प्रय सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख स्वास्थ्यमा समस्या आउनेछ ।

मिथुन

मिथुनः–सहज रुपमा काम गर्ने वातावरण मिल्ने छैन । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यवसायमा नयाँ सम्भावना देखिने छन् । मिलेर काम नगर्नु होला ।

कर्कट

कर्कटः– चिन्तन मनन गरेर मात्रै काम बन्ने छैनन,कर्म क्षेत्रमा खरो उत्र्तिणु पर्ला । सवैलाई आफ्नो ठान्नु भयो भने दुख पाईने छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ ।

सिंह

सिंहः– आलस्यताले सताउने छ । काम गरेर जश कम मिल्नेछ । विदेशको चहाना बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउने छ । नोकरी तथा राजनीतिमा थोरै सफलता मिल्नेछ ।

कन्या

कन्याः– काममा ढिला गर्दा आफैलाई घाटा हुनेछ । समयमा गरेका कामबाट धेर थोर लाभ हुनेछ । यात्राको सम्भावना देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख खर्च विवाद बढ्न सक्छ ।

तुला

तुलाः– समयको गति सगै सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । लेनदेनका विषयमा आफन्तसँग नराम्रो हुन सक्छ । पढाई लेखाईमा भने प्रगति हुनेछ । गोपनियता भङ्ग नगर्नु होला ।

बृश्चिक

वृश्चिकः– अपरान्ह काल भन्दा पूर्वान्ह काल अनुकुल देखिन्छ । समयमा गरेका कामबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । एक्लै गरेका कामबाट बढि मुनाफा लिन सकिनेछ ।

धनु

धनुः– व्यय मार्ग बढि खुल्ला देखिन्छन् । विना उपलब्धिका काममा धन खर्च हुनेछ । व्यापार व्यवसायबाट खासै उन्नति हुने देखिन्न । बादविवाद पर्न सक्छ । साँझतिर समयमा सामान्य सुधार आउनेछ ।

मकर

मकरः– दिनको अधिकाँश समय अनुकुल जस्तै देखिन्छ । तनावमा आएर काम नगर्नु होला । धैर्यता पूर्वक गरेका काम सफल हुने छन् । साँझपख समयले साथ दिने छैन । चिन्ता,खर्च विवाद बढ्नेछ ।

कुम्भ

कुम्भः– दिन सामान्य अनुकुल देखिन्छ । विरोधी शरणमा आउने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । अधुरा रहेका काम फस्र्योट हुनेछन् । अध्ययन अध्यापन कार्यबाट लाभान्वित हुनुहुनेछ । उद्याोग पराक्रम बढ्नेछ ।

मीन

मिनः– अपरान्हसम्म समय त्यति अनुकुल देखिदैन । प्रयत्नले सार्थकता पाउने छैन । साँझपखबाट समयले साथ दिनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । कार्य क्षमतामा वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

तपाईको प्रतिक्रिया