ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल वैशाख १२ गते विहिबार नेपाल सम्बत ११३९ चौलागा,सन् २०१९ अप्रिल २५ तारिक कृष्णपक्ष षष्ठी तिथि अपरान्ह २ वजेर ५४ मिनेटसम्म,पूर्वषाढा नक्षत्र राती १० वजेर ३८ मिनेटसम्म,सिद्धियोग,वणिजकरण,आनन्दादियोग धाता,सूर्य मेष राशीमा,चन्द्रमा धनु राशीमा ।

मुहूर्त – शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३६ वजेबाट मध्यान्ह १२÷२८ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान ८÷४७ वजेबाट १०÷२४ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह १÷४० वजेबाट ३÷१७ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ५÷३२ वजेबाट ७÷९ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ९÷५२ वजेबाट १०÷४४ वजेसम्म र अपरान्ह ३÷४ वजेबाट ३÷५६ वजेसम्म रहनेछ ।

बार वेला – सूर्योदयबाट प्रातः ७÷९ वजेसम्म शुभ वेला,७÷९ वजेबाट ८÷४७ वजेसम्म रोग वेला,८÷४७ वजेबाट १०÷२४ वजेसम्म उद्वेग वेला,१०÷२४ वजेबाट १२÷२ वजेसम्म चर वेला,१२÷२ वजेबाट १÷४० वजेसम्म लाभ वेला,१÷४० वजेबाट ३÷१७ वजेसम्म अमृत वेला,३÷१७ वजेबाट ४÷५५ वजेसम्म काल वेला र ४÷५५ वजेबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

बार वेला – सूर्यास्तबाट ७÷५५ वजेसम्म अमृत वेला,७÷५५ वजेबाट ९÷१७ वजेसम्म चर वेला,९÷१७ वजेबाट १०÷४० वजेसम्म रोग वेला,१०÷४० वजेबाट १२÷२ वजेसम्म काल वेला,१२÷२ वजेबाट १÷२४ वजेसम्म लाभ वेला,१÷२४ वजेबाट २÷४७ वजेसम्म उद्वेग वेला,२÷४७ वजेबाट ४÷१० वजेसम्म शुभ र ४÷१० वजेबाट सूर्योदयसम्म अमृत वेला रहनेछ ।शुभाशुभ“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः– समयमा विस्तारै सुधार आउनेछ । मानसिक तनावमा कमि आउनेछ । कीर्ति क्षय हुनसक्छ सजग रहनु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । घरका समस्या कम भएर जानेछन् ।

बृष

वृषः– दिन त्यति अनुकुल देखिदैन । काममा विभिन्न समस्या आउने देखिन्छ । विशेष गरेर स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार व्यवसायमा खासै सुधार आउने देखिन्न । इच्छाशक्ति बढेर आउने छ ।

मिथुन

मिथुनः– आफन्तजनको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव बढ्नेछ । नोकरीमा राम्रै देखिन्छ । मान सम्मान मिल्नेछ । समयमा कार्य सम्पादन गर्नु होला नत्र अवसर फुत्किनेछ ।

कर्कट

कर्कटः– आफन्तले धोका दिन सक्छन् सजग रहनु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । स्वास्थ्यमा ध्यान दिनु होला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

सिंह

सिंहः– मानसिक तनाव बढ्नेछ । प्रतिकुुल बातावरणमा काम गर्नु पर्ला । व्यापारमा मन्दि आउनेछ । आफन्तको सहयोग लिएर काम गर्नु भएमा सजिलो हुनेछ । आम्दानी खर्च बराबरै जस्तो हुनेछ ।

कन्या

कन्याः– परिवारिक समस्या बढ्ने छन् । सहयोग गर्ने भन्दा माग्ने धेरै हुनेछन् । सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । काममा विभिन्न समस्या आउने छन् । व्यापारमा गिरावट आउनेछ ।

तुला

तुलाः– आयका दृष्टिले दिन अनुकुल छ । व्यापार व्यवासयमा उन्नति हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ । घरमा भन्दा घर बाहिर बसेर काम गर्दा सजिलो हुनेछ । ढिला गर्दा घाटा हुनेछ,समयको सदुपयोग गर्नु होला ।

बृश्चिक

वृश्चिकः– कामले गति लिने छैन । राज्यसँग सम्बन्धित काम विग्रिन सक्छन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । अरुको भर विश्वासमा परेर काम नगर्नु होला । ठुला ठुला योजनामा लगानी नगर्नु होला ।

धनु

धनुः– भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु होला । निमन्त्रण आउनेछ । कार्य क्षमता घट्ने छैन । कामको विश्वासिलो बातावरण थोर बन्नेछ । ध्यान दिनु होला,अरुको काममा बढि व्यस्त हुदा आफ्ना कामले गति लिने छैन ।

मकर

मकरः– काम गर्ने जोश जागर घट्नेछ । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्ने छन् । अनावस्यक खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा गरेको लगानीबाट प्रतिफल पाईने छैन । मिथ्या आरोप लाग्न सक्छ ।

कुम्भ

कुम्भः– जीवनसाथिका साथै उनका आफन्तबाट सहयोग पाईनेछ । वैदेशिक कार्य योजना अगाडि बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । ढिला गरेमा अवसर फुत्किनेछ ।

मीन

मिनः– उपलब्धिका काम हुनेछन् । पुराना कार्य योजनाले मूर्त रुप लिनेछ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा शुभ संकेत देखिने छन्र । कुटनैतिक मर्यादा राखेर काम गर्दा बढि फाइदा हुनेछ ।

तपाईको प्रतिक्रिया