ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल वैशाख १४ गते शनिबार नेपाल सम्बत ११३९ चौलागा,सन् २०१९ अप्रिल २७ तारिक कृष्णपक्ष अष्टमी तिथि अपरान्ह ५ वजेर ५५ मिनेटसम्म,श्रवण नक्षत्र राती ३ वजेर ३ मिनेटसम्म,शुभयोग,कौलवकरण,आनन्दादियोग आनन्द,सूर्य मेष राशीमा,चन्द्रमा मकर राशीमा ।

मुहूर्त – शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३५ वजेबाट मध्यान्ह १२÷२८ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान ५÷३१ वजेबाट ७÷८ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ८÷४६ वजेबाट १०÷२४ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह १÷४० वजेबाट ३÷१८ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ७÷१४ वजेबाट ८÷६ वजेसम्म रहनेछ ।

बार वेला – सूर्योदयबाट प्रातः ७÷८ वजेसम्म काल वेला,७÷८ वजेबाट ८÷४६ वजेसम्म शुभ वेला,८÷४६ वजेबाट १०÷२४ वजेसम्म रोग वेला,१०÷२४ वजेबाट १२÷२ वजेसम्म उद्वेग वेला,१२÷२ वजेबाट १÷४० वजेसम्म चर वेला,१÷४० वजेबाट ३÷१८ वजेसम्म लाभ वेला,३÷१८ वजेबाट ४÷५६ वजेसम्म अमृत वेला र ४÷५६ वजेबाट सूर्यास्तसम्म काल वेला रहनेछ ।

बार वेला – सूर्यास्तबाट ७÷५६ वजेसम्म लाभ वेला,७÷५६ वजेबाट ९÷१८ वजेसम्म उद्वेग वेला,९÷१८ वजेबाट १०÷४० वजेसम्म शुभ वेला,१०÷४० वजेबाट १२÷२ वजेसम्म अमृत वेला,१२÷२ वजेबाट १÷२४ वजेसम्म चर वेला,१÷२४ वजेबाट २÷४६ वजेसम्म रोग वेला,२÷४६ वजेबाट ४÷८ वजेसम्म काल र ४÷८ वजेबाट सूर्योदयसम्म अमृत वेला रहनेछ । शुभाशुभ“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः– समयले साथ दिनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । नयाँ कामको अवसर आउन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिने छन् । कुरा भन्दा काममा जोड दिनु होला ।

बृष

वृषः– समयले विस्तारै साथ दिनेछ । भाग्यमा भन्दा कर्ममा जोड दिनु होला । बाह्य काममा समय बढि खर्च हुनेछ । गरेका धेरै जसो क्रमिक रुपमा सफल हुनेछन् । गुमेको आस्था र विश्वास थोरै पलाउने छ ।

मिथुन

मिथुनः– सोचे जस्तो,गरेर गरे जस्तो कहि कतै हुने देखिन्न । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । विभिन्न खालका समस्या सँग भिड्नु पर्नेछ । दैनिक काम काजमा अवरोध आउने देखिन्छ । आस्था घट्नेछ ।

कर्कट

कर्कटः–विचारमा परिवर्तन आउनेछ । समयमा कार्य सम्पादन गर्नु होला नत्र पछि रोकिने छन्,विभिन्न समस्या आउने छन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । आफन्तको सहयोग थोरै मिल्नेछ ।

सिंह

सिंहः– पछाडि आफ्नै मान्छेले प्रहार गर्न सक्छन् सवैलाई आन्तरिक कुरा नखोल्नु होला । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन् । मेहनतको अन्तिम परिणाम सुखद रहनेछ ।

कन्या

कन्याः– निणर्य क्षमतामा ह्रास आउन सक्छ जसका कारण कामबाट फाइदा लिन सकिने छैन । यात्रामा कठिनाइ उत्पन्न हुनसक्छ । काम गर्दा सन्तुलन राखेर गर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

तुला

तुलाः– घरयासी समस्याबाट पीडित हुनु पर्नेछ । अनावस्यक झन्झट आइलाग्ने छन् । भौतिक सम्पति चोरी, हराउन वा नास हुनसक्छ सतर्क रहनु होला । शारीरिक शिथिलता बढ्ने देखिन्छ ।

बृश्चिक

वृश्चिकः– समयमा गरेका काम सफल हुनेछन् । गरेका कामबाट लाभान्वित पनि हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सवै सहयोगि हुने छैनन । आफन्तबाट सहयोग मिल्नेछ ।

धनु

धनुः– आफुले सोचे जस्तो दिन छैन ,ऋण लगानी गर्दा विचार पु¥याउनु होला । आफन्तको धेरै भर नपर्नु होला धोका हुनसक्छ । प्रयत्नपूर्वक गरेका काम भने सफल हुनेछन् । व्यापारबाट सामान्य आम्दानी बढ्नेछ ।

मकर

मकरः– शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । पारिवारिक सुख मिल्नेछ । सहयोगी मिल्नेछ ।

कुम्भ

कुम्भः– समयले साथ कम दिनेछ । गलत ठाँउमा लगानी हुनसक्छ,जोखिम मोलेर काम नगर्नु होला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । व्यर्थको घुमाई फिराई हुनेछ ।

मीन

मिनः– काम गर्ने उत्साहा बढ्नेछ । नसोचेका ठाँउबाट धन आउनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आम्दानी बढ्नेछ । घर परिवारबाट सहयोग सुख शान्ति मिल्नेछ । मांगलिक काम हुनेछन् ।

तपाईको प्रतिक्रिया