ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल वैशाख १७ गते भौमबार नेपाल सम्बत ११३९ चौलागा,सन् २०१९ अप्रिल ३० तारिक कृष्णपक्ष एकादशी तिथि राती ११ वजेर ५५ मिनेटसम्म,शतभिषा नक्षत्र विहान ८ वजेर १४ मिनेटसम्म,ऐन्द्रियोग,बवकरण,आनन्दादियोग मृत्यु,सूर्य मेष राशीमा,चन्द्रमा १८ गते विहान४ वजेर ७ मिनेटसम्म कुम्भ उप्रान्त मीन राशीमा ।

मुहूर्त – शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३५ वजेबाट मध्यान्ह १२÷२७ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–मध्यान्ह १२÷२ वजेबाट अपरान्ह १÷४० वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ३÷१९ वजेबाट ४÷५७ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान ८÷४५ वजेबाट १०÷२३ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ८÷५ वजेबाट ८÷५७ वजेसम्म र राती १०÷५६ वजेबाट ११÷४९ वजेसम्म रहनेछ ।

बार वेला – सूर्योदयबाट प्रातः ७÷६ वजेसम्म रोग वेला,७÷६ वजेबाट ८÷४५ वजेसम्म उद्वेग वेला,८÷४५ वजेबाट १०÷२३ वजेसम्म चर वेला,१०÷२३ वजेबाट १२÷२ वजेसम्म लाभ वेला,१२÷२ वजेबाट १÷४० वजेसम्म अमृत वेला,१÷४० वजेबाट ३÷१९ वजेसम्म काल वेला,३÷१९ वजेबाट ४÷५७ वजेसम्म शुभ वेला र ४÷५७ वजेबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।

बार वेला – सूर्यास्तबाट ७÷५७ वजेसम्म काल वेला,७÷५७ वजेबाट ९÷१९ वजेसम्म लाभ वेला,९÷१९ वजेबाट १०÷४० वजेसम्म उद्वेग वेला,१०÷४० वजेबाट १२÷२ वजेसम्म शुभ वेला,१२÷२ वजेबाट १÷२३ वजेसम्म अमृत वेला,१÷२३ वजेबाट २÷४५ वजेसम्म चर वेला,२÷४५ वजेबाट ४÷६ वजेसम्म रोग र ४÷६ वजेबाट सूर्योदयसम्म काल वेला रहनेछ । शुभाशुभ “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः– आर्थिक उन्नतिका सम्भावना देखिन्छ समयको सदुपयोग गर्नु होला । ढिला सुस्तिले आफैलाई घाटा हुनेछ । पढाईमा सामान्य प्रगति हुनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् ।

बृष

वृषः–सुन्दर समय आएको छ । सामाजिक काम गरेर इज्जत प्रतिष्ठा कमाईनेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।

मिथुन

मिथुनः– चञ्चलता बढ्नेछ । अस्थिर मन लिएर काम गर्दा उपलब्धि खासै हात लाग्ने छैन । समय सुधारोन्मुख देखिन्छ तर आफुले चाहे जस्तो काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ ।

कर्कट

कर्कटः– आफन्त बाटै मानसिक तनाव बढाउने खालका क्रियाकलाप हुनेछन । धन सम्पतिको नास हुनसक्छ । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । लेनदेन कारोवार गर्दा सजग हुन होला ।

सिंह

सिंहः– समयको महत्व वुझेर काम गर्नु होला । समय सामान्य अनुकुल देखिन्छ । विदेश यात्राको सम्भावना देखिन्छ । थोरै प्रयत्न गर्नु भयो भने नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

कन्या

कन्याः– भ्रमलाई चिरेर काम गर्नु होला । शत्रु बाधा देखिन्छ,हेलचक्र्याई गरेर काम गर्नु भयो भने अवसरहरु गुम्नेछन् । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । प्रतिश्पर्धाबाट नभाग्नु होला ।

तुला

तुलाः– भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । साथि भाईबाट विश्वास घात हुनसक्छ ।

बृश्चिक

वृश्चिकः– शरीरिक शिथिलता बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । काम गरेर दाम कमाउने अवसर गुमाउनु हुनेछ । घरका काम कुराले बढि तनाव बनाउने छ ।

धनु

धनुः– साहास,धैर्यता,पराक्रम र निर्णय क्षमता बढ्नेछ । पुराना समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । आर्थिक संरचना नचलाई काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । ढिला सुस्तिले आफैलाई घाटा हुनेछ ।

मकर

मकरः– समयमा निर्णय लिएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला । समय सुधारोन्मुख छ ।

कुम्भ

कुम्भः– पुराना समस्या विस्तारै समाधान हुनेछन् । कार्य लगनशिलता बढ्नेछ । व्यापारमा सुधार आउनेछ । फजुल खर्चमा कमि आउनेछ । मानसिक तनावमा कमि आउनेछ । मित्रबाट सामान्य सहयोग मिल्नेछ ।

मीन

मिनः– काममा प्रगति आज पनि हुनेछैन । सहयोग गर्ने भन्दा आलोचना गर्ने बढि हुनेछन् । उपलब्धिका भन्दा खर्चालु काममा समय बढि खर्च हुनेछ । भावावेगमा आएर कुनै काम नगर्नु होला नोक्सान हुनेछ ।

तपाईको प्रतिक्रिया