ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । श्रीसूर्य उत्तरायण,वसन्त ऋतुः,परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल वैशाख २१ गते शनिबार नेपाल सम्बत ११३९ चौलागा,सन् २०१९ मे ४ तारिक कृष्णपक्ष औसी तिथि राती ४ वजेर २८ मिनेटसम्म,अश्विनी नक्षत्र अपरान्ह ४ वजेर ६ मिनेटसम्म,आयुष्मानयोग,चतुष्पदकरण,आनन्दादियोग सौम्य,सूर्य मेष राशीमा,चन्द्रमा पनि मेष राशीमा । माता तिर्थ औसी,आमाको मुख हेर्ने दिन ।

मेषः–हतारमा कुनै निर्णय नलिनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । घर डेराको समस्या पर्न सक्छ । कार्यक्रमको निमन्त्रणा आउनेछ ।

वृषः– समयले कम साथ दिनेछ । जोखिम पूर्ण काममा हात नहाल्नु होला । सुरक्षित यात्रा अप्नाउनु होला,चोटपटकको भय देखिन्छ । दैनिक काममा अवरोध आउने देखिन्छ । व्यापारबाट आम्दानी घट्नेछ ।

मिथुनः–प्रयत्न गरेमा उधारो रकम उठ्नेछ । सके सम्म मिलेर काम नगर्नु होला । मांगलिक काम हुनेछन् । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

कर्कटः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । रोकिएका काम धेरै जसो अगाडि बढ्ने छन् । काम गर्ने तिव्र इच्छा शक्ति बढ्नेछ । आर्थिक उन्नतिका सम्भावना देखिने छन् । शत्रु कमजोर हुनेछन् ।

सिंहः–समयमा थोरै सुधार आउनेछ । रोकिएका काम विस्तारै अगाडि बढ्ने छन् । व्यापार व्यवसायबाट खासै लाभ हुने छैन । मानसिक तनाव कम भएर जानेछ । पढाईमा सामान्य सुधार आउनेछ ।

कन्याः– प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । दैनिक काममा अवरोध आउनेछ आर्थिक पक्ष कमजोर बन्नेछ । विश्वास घात हुनसक्छ । स्वास्थ्य कमजोर बन्नेछ ।

तुलाः– शत्रु माथि विजय हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । स्वास्थ्य अनुकुल रहला । आर्थिक कारोवारमा सुधार आउनेछ । पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । यात्रा हुनसक्छ ।

वृश्चिकः–सवैलाई आफ्नो ठान्नु गलत हुनेछ । लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । ऋण लगानी नबढाउनु होला । व्यापार व्यवसायमा सुधार आउनेछ । प्रयत्नको प्रतिफल राम्रो निस्कनेछ । धनुः– दुविधामा नपरि काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो काममा अरुले अधिकार जमाउने छन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापारबाट सामान्य लाभ हुनेछ ।

मकरः– तन थाक्ने छ,मन पाक्ने छ र धनको अभाव महशुस हुनेछ । पारिवारिक समस्या बढ्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । दैनिक काम काजमा अवरोध आउनेछ । इज्जत लुट्न सक्छन् ।

कुम्भः– समयले साथ दिनेछ । साहास,धैर्यता र पराक्रम बढ्नेछ । आफ्नै पहलमा अधुरा काम धेरै जसो सम्पन्न हुनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

मिनः– धन दिएर आफन्तलाई टाढा नबनाउनु होला । प्रयत्न नगरि कुनै काम हुने छैनन लगनशिलता बढाउनु होला । बोलीको भरमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

बृष

मिथुन

कर्कट

सिंह

कन्या

तुला

बृश्चिक

धनु

मकर

कुम्भ

मीन

तपाईको प्रतिक्रिया