ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल ज्येष्ठ ३ गते विहिबार नेपाल सम्बत ११३८ अनलाथ्व,सन् २०१८ मे १७ तारिक अधिक ज्येष्ठशुक्लपक्ष द्वितीया तिथि अपरान्ह ४ वजेर ५ मिनेट सम्म,रोहिणी नक्षत्र विहान ९ वजेर २० मिनेटसम्म,सुकर्म योग,कौलव करण,आनन्दादियोग उत्पात,सूर्य वृष राशीमा, चन्द्रमा राती ८ वजेर ३८ मिनेटसम्म वृष उप्रान्त मिथुन राशीमा । ॐः–राहुकालः–अपरान्ह१÷४२वजेबाट३÷२३वजेसम्म रहनेछ,यमघण्टायोगः–विहन५÷१४ वजेबाट ६÷५६वजेसम्म रहनेछ, दूरमुहूर्तः–विहान ९÷४५ वजेबाट १०÷३९ वजेसम्म र अपरान्ह ३÷१० वजेबाट ४÷४ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२७वजेसम्म रहनेछ, । गुली कालः–विहान८÷३७वजेबाट १०÷१९ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ । ॐः–सूर्योदयबाट प्रातः ६÷५७ वजेसम्म शुभवेला, ६÷५७ वजेदेखि ८÷३८ वजेसम्म रोगवेला,८÷३८ देखि १०÷१९ वजेसम्म उद्वेगवेला,१०÷१९ देखि १२ वजेसम्म चर वेला,१२ देखि १÷४२ वजेसम्म लाभवेला,१÷४२ देखि ३÷२३ वजेसम्म अमृतवेला,३÷२३ देखि ५÷४ वजेसम्म कालवेलार ५÷४ वजे देखि सूर्यास्तसम्म शुभवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷५ वजेसम्म अमृतवेला,८÷५ वजेदेखि ९÷२४ वजेसम्म चर वेला,९÷२४ देखि १०÷४३वजेसम्म रोग वेला,१०÷४३ देखि १२÷२ वजेसम्म काल वेला,१२÷२ देखि १÷२० वजेसम्म लाभवेला,१÷२० देखि २÷३९वजेसम्म उद्वेगवेला,२÷३९ वजे देखि ३÷५८ वजेसम्म शुभ र ३÷५८वजे देखि सूर्योदयसम्म अमृतवेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– घरमा सुख शान्ति कम मिल्नेछ । काम गर्दा विभिन्न झमेला आइलाग्ने छन् । प्रयत्न गरेमा काममा सफल मिल्नेछ । समयमा सचेत हुनु आवस्यक छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला ।

बृष

वृषः– शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

मिथुन

मिथुनः– काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा नोक्सान बढि होला ।

कर्कट

कर्कटः– गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्नेछ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला सधै समयले साथ दिने छैन ।

सिंह

सिंहः– आत्मविश्वास बढ्नेछ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ ।

कन्या

कन्याः– दिन आफ्नो लागि भन्दा अरुको लागि बढि हुनसक्छ । आफ्नो काममा सामान्य सुधार आउनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।

तुला

तुलाः– समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउने छ ।

बृश्चिक

वृश्चिकः– व्यापारबाट सामान्य लाभ हुनेछ । नयाँ सम्भावना देखिन्छ । समयमा काम गर्न सक्नु भएन भने आएको अवसर गुम्ने छ । प्रेममा थोरै सफलता मिल्नेछ । विदेश यात्राको योग देखिन्छ ।

धनु

धनुः– कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला । आज गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

मकर

मकरः– अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।

कुम्भ

कुम्भः– पेट पोल्ने छ । काम गर्ने जोश,जागर घट्न सक्छ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्नेछ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न ।

मीन

मिनः– आज गरेका काम अधिकाँश सफल हुने देखिन्छ । कुनै काम गर्न पनि पछि परिने छैन । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ । काममा ढिला सुस्ति नगर्नु होला ।

तपाईको प्रतिक्रिया