ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ२९गते भौमबार नेपाल सम्बत ११३८ अनलागा,सन् २०१८ जून१२ तारिक अधिक ज्येष्ठकृष्णपक्ष त्रयोदशी तिथि विहान ५वजेर ४८ मिनेटसम्म,कृतिकानक्षत्र अपरान्ह६ वजेर ३४मिनेटसम्म,सुकर्मयोग,वणिजकरण,आनन्दादियोग गद,सूर्य वृषराशीमा,चन्द्रमा पनि वृष राशीमा ।

ॐः–राहुकालः–अपरान्ह३÷३३वजेबाट५÷१७वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान ८÷३८ वजेबाट १०÷२२ वजेसम्म रहनेछ, दूरमुहूर्तः–विहान७÷५६ वजेबाट ८÷५२ वजेसम्म र राती ११÷५ वजेबाट १२वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३८ वजेबाट मध्यान्ह १२÷३३वजेसम्म रहनेछ,गुली कालः–मध्यान्ह१२÷६वजेबाट अपरान्ह १÷४९वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।

ॐः–सूर्योदयबाट प्रातः ६÷५२ वजेसम्म रोगवेला,६÷५२ वजेदेखि ८÷३६वजेसम्म उद्वेगवेला,८÷३६ देखि १०÷१९ वजेसम्म चरवेला,१०÷१९ देखि १२÷३ वजेसम्म लाभ वेला,१२÷३ देखि १÷४६ वजेसम्म अमृतवेला,१÷४६ देखि ३÷३० वजेसम्म कालवेला,३÷३० देखि ५÷१३ वजेसम्म शुुभवेलार ५÷१३ वजे देखि सूर्यास्तसम्म रोगवेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ८÷१४ वजेसम्म कालवेला,८÷१४ वजेदेखि ९÷३० वजेसम्म लाभ वेला,९÷३० देखि १०÷४७वजेसम्म उद्वेगवेला,१०÷४७ देखि १२÷३ वजेसम्म शुभ वेला,१२÷३ देखि १÷२० वजेसम्म अमृतवेला,१÷२० देखि २÷३६वजेसम्म चरवेला,२÷३६ वजे देखि ३÷५३ वजेसम्म रोग र ३÷५३वजे देखि सूर्योदयसम्म काल वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

आर्थिक कारोवारमा थोरै सावधानी अप्नाउनु होला । कुरा भन्दा काममा ध्यान दिनु होला । आफ्ना आन्तरिक कुरा कसैलाई नखोल्नु होला । अरुको भर विश्वासमा काम गर्दा दुःख पाईनेछ ।

बृष

समयमा सामान्य सुधार आउनेछ । हतास मनस्थितिमा कुनै काम नगर्नु होला । योजनाबद्ध अगाडि बढेमा कामले गति लिनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

मिथुन

समयले कम साथ दिने देखिन्छ । सोचाईको विपरित काम हुनेछन् । अनावस्यक खर्च वृद्धिले आर्थिक समस्या झेल्नु पर्नेछ । स्वास्थ्यमा लगानी बढ्ने । लगानीको प्रतिफल पाईने छैन ।

कर्कट

हेलचक्र्याई नगरि काम गर्नु होला । नसोचेका ठाँउबाट धन आउन सक्छ । गरेका कामबाट लाभ लिन सकिने छ । औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

सिंह

अवरोधहरु हटेर जानेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसरको सम्भावना देखिन्छ । पुराना काम फस्र्योट हुने छन् । पेशा परिर्वतनको चाहान बढ्नेछ । सहयोग सहानुभूति मिल्नेछ ।

कन्या

समयमा पूर्ण सुधार देखिन्न । व्यापार मन्द रहला । काम गर्दा इज्जत प्रतिष्ठामा आच आउन सक्छ थोरै सजग रहनु होला । विश्वासको संकट पर्न सक्छ । यात्राको सम्भावना देखिन्छ ।

तुला

नोकरीमा समस्या आउनेछ । भौतिक सुखमा कमी आउने छ । । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउने छ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

बृश्चिक

प्रयास र प्रयत्नबाट मात्र काम हुनेछन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुने देखिन्छ । स्वतन्त्र व्यापारबाट सामान्य लाभ हुन सक्छ । विदेश यात्राको सम्भावना प्रवल देखिन्छ ।

धनु

हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधीसँगको मुद्धामा विजय पं्राप्त हुनेछ । खेलाडीको लागि दिन अनुकुल छ । कार्य योजना बनाएर मात्र काममा प्रवेश गर्नु होला । अर्थोपार्जन हुनेछ ।

मकर

भ्रममा परेर काम गर्दा दुःख पाईनेछ । कुनै काम गरिन्छ भने बुझेर मात्र गर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । मिलेर काम नगर्नु होला । समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन ।

कुम्भ

कार्य शिथिलता बढ्नेछ । स्वागत सत्कारमा समय र धन खर्च हुनेछ । घरयासी समस्या बढ्नेछन् । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । उतार चढावको सामना गर्नु पर्ला । स्वस्थ्यमा समस्या आउनेछ ।

मीन

कार्य लगनशिलता बढ्नेछ । गरेका प्राय काम सफल हुनेछन् । थोरै मेहनत गरेमा नयाँ काम हात पर्नेछन् । धन लगानी भन्द श्रम लगानी बढी गर्नु होला । व्यापार व्यवसायबाट अम्दानी बढ्नेछ ।

तपाईको प्रतिक्रिया