ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल मंसिर ४ गते भौमबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८ नोभेम्बर २० तारिक शुक्लपक्ष द्वादशी तिथि मध्यान्ह १२ वजेर ४३ मिनेटसम्म, रेवती नक्षत्र साँझ ५ वजेर ४६ मिनेटसम्म,सिद्धियोग,बालवकरण,आनन्दादियोग शुभ,सूर्य वृश्चिक राशीमा,चन्द्रमा साँझ ५ वजेर ४६ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा ।वारवेला,मुहूर्त र राशी ॐःराहुकालः–अशुभ अपरान्ह २÷२९ वजेबाट ३÷४९ वजेसम्म रहनेछ,अशुभ यमघण्टायोगः–पूर्वान्ह ९÷९ वजेबाट १०÷२९ वजेसम्म रहनेछ ।

गुली कालः–सामान्य पूर्वान्ह ११÷४९ वजेबाट अपरान्ह १÷९ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८÷३७ वजेबाट ९÷२० वजेसम्म र राती १०÷२९ वजेबाट ११÷१२ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷२८ वजेबाट मध्यान्ह १२÷१० वजेसम्म रहनेछ ।ॐःसूर्योदयबाट प्रातः ७÷४९ वजेसम्म रोग वेला,७÷४९ वजेबाट ९÷९ वजेसम्म उद्वेग वेला,९÷९ वजेबाट १०÷२९ वजेसम्म चर वेला,१०÷२९ वजेबाट ११÷४८ वजेसम्म लाभ वेला,११÷४८ वजेबाट १÷८ वजेसम्म अमृत वेला,१÷८ वजेबाट २÷२८ वजेसम्म काल वेला,२÷२८ वजेबाट ३÷४८ वजेसम्म शुभ वेला र ३÷४८ वजेबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।ॐःसूर्यास्तबाट ६÷४८ वजेसम्म काल वेला,६÷४८ वजेबाट ८÷२८ वजेसम्म लाभ वेला,८÷२८ वजेबाट १०÷८ वजेसम्म उद्वेग वेला,१०÷८ वजेबाट ११÷४८ वजेसम्म शुभ वेला,११÷४८ वजेबाट १÷२९ वजेसम्म अमृत वेला,१÷२९ वजेबाट ३÷९ वजेसम्म चर वेला,३÷९ वजेबाट ४÷४९ वजेसम्म रोग र ४÷४९ वजेबाट सूर्योदयसम्म काल वेला रहनेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः– सोचे जस्तो गरे जस्तो केहि हुने छैन । अनावस्यक खर्च घट्ने छैन । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । व्यापार व्यवसाय उचित फल मिल्ने छैन । मन चञ्चल हुनेछ । साँझपख सुधार आउनेछ ।

बृष

वृषः– आय आर्जनका दृष्टिले आजको दिन पनि ठीकै देखिन्छ । आफ्नै पहलमा काम हुनेछन् र गरेका कामबाट उचित लाभ पनि हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । साँझपख खर्च विवाद बढ्नेछ ।

मिथुन

मिथुनः– आर्थिक मार्ग खुल्ने छन् । अधुरा रहेका धेरै काम बन्ने छन् । मान्यजनबाट सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिने छन् । यान्त्रिक तथा कृषिजन्य व्यवसायबाट लाभ हुनेछ ।

कर्कट

कर्कटः– विचार परिवर्तन हुनेछ । मानसिक चिन्तामा कमी आउनेछ । बाहिरी काममा समय बढि लगानी हुदा आफ्ना कामले गति अझै लिने छैन । फलदायी यात्राको थोरै सम्भावना देखिन्छ । साँझपख केहि काम हुनेछन् ।

सिंह

सिंहः– तनावबाट मुक्ति मिल्ने छैन । आम्दानी खर्चको सन्तुलन विग्रिनेछ । आफ्नो कर्म क्षेत्र छोडेर अन्त नलाग्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । अशुभ समाचार कानमा पर्नेछ । विश्वास गुम्नेछ ।

कन्या

कन्याः– समय प्रतिकुल हुदैछ समयमा काम गर्नु होला । शसुरालीबाट सहयोग पाईनेछ । काम गर्दा सानातिना समस्या आउन सक्छन् धैर्यतापूर्वक काम गर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

तुला

तुलाः– विरोधीको चक्रव्यूहबाट बचेर काम गर्नु होला । नोकरी तथा राजनीतिमा समस्या आउन सक्छ,सरुवाको सामना गर्नु पर्ला । काम गरेर जश पनि पाईने छैन । गोपनीयता अप्नाई काम गर्नु भएमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिकः– पठन पाठनमा थोरै प्रगति हुन सक्छ । कर्म गर्दा मर्म बुझिने दिने कोहि हुने छैन । व्यापारबाट सामान्य आम्दानी हुनेछ । समयमा निर्णय लिन सकिएन भने आफ्नो काममा अरुले अधिकार जमाउने छन् ।

धनु

धनुः– घर परिवारलाई मिलाउन गाह्रो हुनेछ । माताको स्वास्थ्य कमजोर बन्न सक्छ । मानसिक चिन्ता बढ्नेछ । व्यापार व्यवसायमा समस्या आउनेछन् । लेनदेन कारोवारमा गडबढ हुन सक्छ सतर्क रहनु होला ।

मकर

मकरः– समय प्रतिकुल बन्दैछ समयमा सचेत भएर काम गर्नु होला । चुनौतिको सामना गर्न सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । निर्णय क्षमता कमजोर देखिन्छ । आर्थिक कारोवारमा सचेत रहनु होला ।

कुम्भ

कुम्भः– समयमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । सचेत रहनु होला,आफन्त बनेर धोका दिने कम हुने छैनन । व्यापार व्यवसायमा सुधार आउनेछ । अरुको भर परेर काम नगर्नु होला ।

मीन

मिनः– विवादित काममा हात नहाल्नु होला । कारोवार गर्दा विचार पु¥याउनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा ध्यान जानेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सहयोग अल्प मिल्नेछ ।

तपाईको प्रतिक्रिया