बेलायती सांसदमाथि गोली प्रहार



लन्डन, २ असार । बेलायतको पश्चिममा पर्ने योर्कसिरेको बिर्सटल इलाकामा बिहीबार अपराह्नमा लेबर पार्टीका सांसद जो कोसलाई एक बन्दुकधारीले गोली प्रहार गरेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

बिर्सटलमा गरिएको यस गोली प्रहारबाट कोस घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यस आक्रमणको क्रममा एक ४० बर्षीया महिला पनि घाइते भएको जनाइएको छ ।

हाल कोसको सर्जरी भइरहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।

यसैबीच प्राप्त एक अर्को समाचारअनुसार कोसलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

स्थानीय प्रहरीले सो जानकारी दिएको छ । ती व्यक्तिको परिचय भने खुलासा भएको छैन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्