टर्कीमा आठ महिनापछि पहिलोपटक भित्रिए रसियाली पर्यटक



टर्की, २६ असार-
टर्कीले रसियाली विमनलाई आफ्नो आकासमा उडेको भन्दै खसालिदिएपछि चिसिएको टर्की र रसियाको सम्बन्धका कारण धरासाही बनेको पर्यटनमा शनिबार रसियाली विमानले १८९ पर्यटक लिएर अवतरण गरेपछि सुधारको सङ्केत देखापरेको छ ।

सन् २०१५ को नोभेम्बरमा सिरियाली सिमानामा विमान आक्रमणपछि रसियाले टर्कीसँग सुरक्षाको कारण दर्शाउदै पर्यटकीय प्याकेज र खाद्यान्नलगायतका गतिविधिमा प्रतिबन्धको घोषणा गरेको थियो ।

टर्कीको पर्यटन बजारका लागि रसिया प्रमुख स्रोत हो । विमान आक्रमणपछि रसियाली पर्यटकको टर्की आउने क्रममा औषत करिब ९० प्रतिशतले गिरावट आएको थियो भने जुनमा यो सङ्ख्या ९८।५ प्रतिशतले कमी आएको टर्कीको यानतल्या विमानस्थलले जनाएको छ ।

आनतल्या क्षेत्र रसियाली पर्यटकका लागि आरामदायी रिसोर्ट मनोरञ्जनको केन्द्र मानिए पनि नोभेम्बरपछि त्यहाँ पुग्ने रसियाली नागरिक नगन्यमात्र भएका विमानस्थल स्रोतले बतायो ।
टर्कीका राष्ट्रपति रसेप तैयप एर्डोगानले विमान आक्रमणको घटना दुःखद भएको भनी रसियाली राष्ट्रपतिलाई पत्राचार गरेपछि दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको थियो । वार्तामा सहमति भएअनुसार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीमाथि लगाइएको आर्थिक प्रतिबन्द फुकुवा गर्न सरकारलाई निर्देशन दिनुभएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्