३८ वर्षकी भइसक्दा पनि बिहे गर्ने सोचमा छैनन् नायिका नरगिस फाकरी, यि हुन् ४१ कटेका तर अविबाहित रहेका भारतीय नायिकाहरु

प्रकाशित मिति : १० पुष २०७४, सोमबार १६:५८


एजेन्सी । छोरी ठूली हुँदा बित्तिकै बिहे गरेर पराईलाई दिने समय थियो कुनै बेला । तर अहिले समय फेरीएको छ । छोरीको बिहे गर्ने कुरा बाबुआमाको हातमा भन्दा पनि छोरी स्वयमको हातमा हुने गरेको छ । त्यसैले त छोरी ४० कटिसक्दा पनि बिहे गर्ने बिषयमा भन्दा पनि अझै काममा नै तल्लिन् हुन्छन् ।

प्रशंग हो भारतीय नायिकाहरु ४० वर्ष कटिसक्दा पनि अझै अविबाहित हुनु । बलिउडमा अहिले चर्चामा रहेका नायिकाहरु ३० भन्दा माथि र ३६ वर्षभन्दा तलका र अविबाहित नै छन् ।

त्यो सूचिमा प्रियंका चोपडा, दीपिका पादुकोण, क्याट्रिना कैफ पर्छन् । तर ४० कटेका र खासै नचलेका नायिकाहरु पनि अझै अविबाहित नै छन् । जसमध्येकी एक हुन् अमीषा पटेल । उनी ४१ वर्षकी भइसक्दा पनि अविबाहित नै छिन् ।

कहो ना प्यार हेबाट सन् २०००मा डेब्यू गरेकी यि सुन्दरी जस्तै ४० कटेका तर अझ अविबाहित रहेका सुन्दरीहरु हुन् सुष्मिता सेन र तब्बू । सुष्मिता हालै ४२ वर्षमा लागीन् भने तब्बू ४६ वर्षमा दौडीरहेकी छिन् । त्यस्तै अर्की सुन्दरी नायिका नरगिस फाकरी पनि ३८ वर्षकी भइसक्दा पनि बिहे गर्ने सोचमा तत्काल देखिन्न् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्