महिला भलिवलको उपाधिका लागि एपिएफ र रेलवे कलकत्ता भिड्ने



ताजा खबर, नेपालगञ्ज ०३ बैसाख ।

नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिवलमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन एपिएफ र पाहुना टोली भारतको रेलवे कलकत्ताबीच प्रतिष्पर्धा हुने भएको छ । सेमिफाईनलमा रेलवले उत्तर प्रदेशलाई पाखा लगायो भने एपिएफले चिर प्रतिद्वन्द्वी न्यू डायमन्डलाई सहजरुपमा हराउँदै उपाधि यात्रा पक्का ग¥यो । खचाखच दर्शकले भरिएको महेन्द्र रंगशालास्थित कर्वडहलमा भएको पहिलो सेमिफाईनलमा आप्mनै भूमिको उत्तर प्रदेशमाथि रेलवेले तीन शून्यको सहज जित निकाल्यो । २८–२६, २५–१९ र २५–८ को सहज जित निकाल्दै रेलवे उपाधि नजिक पुगेको हो । दोस्रो खेलमा भने डिफेन्डिङ च्याम्पियन एपिएफले न्यू डायमण्डमाथि सहज जित निकाल्यो । एपिएफले आजको जितसँगै गत वर्ष तीजको अवसरमा पोखरामा आयोजित खेलमा न्यू डायमण्डसँग भएको हारको बदला समेत लिएको छ । एपिएफले २५–१५, २५–१९ र २५–१९ को सोझो सेटमा न्यू डायमण्डलाई स्तब्ध पा¥यो । फाईनल खेल भोली हुनेछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्