काठमाडौं, ४ बैशाख-
नेपाल र हङकङबीच खेलकुद विज्ञान विकास तथा विस्तारका लागि आपसी समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । नेपालका तर्फबाट राष्ट्रिय खेलकुद परिषद् सचिव केशवकुमार विष्ट र खेलकुद विज्ञान प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक डा. प्रकाश प्रधान र हङकङका तर्फबाट हङकङ स्पोर्टस् इन्स्टििच्युटका प्रमुख कार्यकारी अधिकृत डा. तृशा लिहेले समझदारी पत्रका हस्ताक्षर गरेका हुन् ।
दुई देशबीच खेलकुल विज्ञान विकास र विस्तारका लागि साँत बुँदे समझदारी पत्रका हस्ताक्षर गरिएको जानकारी हङकङ भ्रमणमा रहेका प्रधानले दिए ।
समझदारी पत्रमा खेल विज्ञान र चित्सिा अनुसन्धान क्रियाकलापमा दुई देशबीच सहकार्य गर्ने तथा खेलकुदको उच्च नतिजा हासिल गर्न विज्ञ र विशेषज्ञ आदानप्रदान गर्ने उल्लेख छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।