काठमाडौं- सबैका प्रिय कलाकार हुन्, बिनोद राइ । लामो समयदेखि कला क्षेत्रमा रहेका काठमाडौंकै निवासी बिनोद सानैदेखि कला क्षेत्रमा मोह राख्दथे । टेलिभिजन घरमा नहुँदा छिमेकी कहाँ टिभी हेर्न जान्थे बिनोद राई, जो अहिले मेरी बास्सैबाट घ्याम्पे सुव्वबाट चिनिएका छन् ।
१२ बर्षकै उमेरमा स्टभ चुलोमा दम दिने क्रममा पुरा शरीर मटितेलले जलेपछि नेपाल सरकारबाट अपांगको कार्ड समेत लिएका राईको कथा सुखद र दुखद पनि छ । मेरी बास्सैबाट चर्चामै रहँदा निकालिएका बिनोद राई त्यतिबेला धेरै रोएका थिए । हाल रिसानी माफ सिरियलमा मात्रै काम गर्दै आएका बिनोदलाई कलाकारिता क्षेत्रबाटै बाँच्न गाह्रो छ ।
पहिलो पटक श्रीमती र छोरा सहित मिडियामा आएका बिनोद राईले आफुले भागेर बिहे गरेको खुलाए । श्रीमती शान्ति राईलाई बिहेअघि बहिनी सम्बोधन गर्ने बिनोदले आफ्ना तिता मिठा क्षण शिशिर भण्डारीसँग यसरी पोखे । भिडियो हेर्नुस