गरिब, दुखीको भगवान बनेका शिशिर भण्डारीले धुर्मुस सुन्तलीको रँगशाला बनाउन सहयोग रकम दिदै(भिडियो सहित)



काठमाडौं- कलाकारिताबाट समाजसेवामा लागेका सिताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा सञ्चालित गैर नाफा मुलक सामाजिक संस्था ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ ले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको घोषणा गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच धुर्मुस-सुन्तली फाउण्डेशन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको चितवको भरतपुर महानगरपालिका १५ मा रहेको जग्गामा रंगशाला निर्माणको घोषणा गरिएको हो । फाउण्डेशनले रंगशालाको लागत तीन खर्ब अनुमान गरेको छ । सितारामका अनुसार, महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ ।

रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने बताइएको छ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरिने भरतपुर महानगरकी मेयर रेणु दाहालले जानकारी दिइन् । उनले क्रिकेट रंगशालामा पहिलो खेल भारत-पाकिस्तानबीच हुने गरी तयारी थाल्ने पनि बताइन् ।
यसैबिच कलाकार तथा भिजे शिशिर भण्डारीले धुर्मुस सुन्तली फाउन्डेशनबाट निर्माण हुने रँगशालाका लागि आफुले आर्थिक सहयोग गर्ने बताएका छन् । शिशिरले लेखेका छन्, मलाई व्यक्तिगत रुपमा मनपर्ने खेल हो, क्रिकेट । धादिङ, बैरेनी आफ्नो घर पुग्दा अहिले पनि समय समयमा क्रिकेट खेलिन्छ । त्यहाँ पनि क्रिकेटका राम्रा उदाउँदा खेलाडीहरु छन् । देशका क्रिकेट खेलाडीहरुले बिश्वमै राम्रो प्रभाव छाडिरहँदा, देशभित्रै एउटा पनि राम्रो क्रिकेट मैदान नहुँदा म पनि दुखी थिएँ ।

तर आज धुर्मुस सुन्तली फाउन्डेशनले ‘विश्वको पहिलो जननिर्मित अन्तराष्ट्रिय क्रिकेट रंगशाला गौतम बुद्ध क्रीकेट स्टेडियम’ बनाउने घोषणा गरिरहँदा दँग परें । यस कार्यमा मेरो व्यक्तिगत तर्फबाट १०,००० रुपैंया आर्थिक सहयोग गर्ने जानकारी गराउँदछु ।

आउनुहोस् नेपाली एकतालाई विश्वमाझ फेरी चिनाउने यो महान अवसरमा हातेमालो गरौँ “विश्वको पहिलो जननिर्मित अन्तराष्ट्रिय क्रिकेट रंगशाला गौतम बुद्ध क्रीकेट स्टेडियम “ बनाउन तन मन र बचनले साथ दिउँ !!

क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नं. ०४००१०३०२५८७५३ वा फाउण्डेशनको सम्पर्क नं. ०१ ४४८२९७१ मा सम्पर्क गर्नुहोला ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्