काठमाडौं- लामो समय कलाकारितामा रहेका शिशिर भण्डारी गायनमा पनि उत्तिकै अव्वल छन् । रेडियो कार्यक्रम हुँदै टिभ र फिल्म अभिनयमा छिरेका शिशिर पछिल्लो समय नयाँ नयाँ न्युज नेपाल युटुब च्यानलमा आफुले दिएको प्रस्तुति र उठान गरेको बिषयका कारण चर्चामा छन् । युटुब मार्फत समाज सेवा पनि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका शिशिरले गरिब, दुखीहरुको उद्धार गरिरहेका छन् ।
पछल्लो सयम रुकुमका कृष्ण वलका लाग हात, खुट्टा जोड्न करोड भन्दा माथिको सहयोग रकम उठाएर आफैले पच्चिस लाख भन्दा बढि हस्तान्तरण गरेका शिशिर त्यसपछि दिक्तेल पुगे, कृष्ण वलि जस्तै हरिकाजी ढुँगानालाई सहयोग गर्न । हरिकाजीलाई साढे ४ लाख हस्तान्तरण गरेका फर्केका शिशिरको एक दोहोरी भिडियो यतिबेला युटुब ट्रेण्डिंगमा छ ।
इन्द्रेणी कार्यक्रममा गएर टिका सानुसँग बेजोड दोहोरी गाएका शिशिरको अनौठो कला दर्शकले देखे र दँग परे । उनको त्यो दोहोरी हरेकाहरुले शिशिरको अर्को दोहोरी भिडियोको प्रतिक्षा पनि पक्कै गरेका थिए होला । आउनुहोस, शिशिर भण्डारीले ७० बर्षकी आमासँग यस्तो बेजोड दोहोरी भिडियो आफ्नै युटुबमा अहालेका छन्, हेरौं