खोटाङबाट भिडियो कल गर्दै हरिकाजीले कृष्ण- रुपालाई भने- म तपाईहरु जस्तै हाँस्न चाहन्छु ! (भिडियो हेर्नुस)



काठमाडौं- केही बर्ष पहिले सम्म यी नेर्पा ८ रामपुर–खोटाङ्गका हरिकाजी ढुंगाना गाऊँकै बलिया युवा थिए । हात खुट्टा छँदा गाँऊमा कोही विरामी परे बोकेर अस्पताल पुर्याउने देखि नयाँ घर बनाउनेका लागि सिंगो निदाल काँधमा हाल्ने उनै मात्र थिए । त्यही साहासिलो व्यक्तित्व भएकै कारण नेपाल विद्युत प्राधिकरण खोटाङ्गको वितरण शाखामा तार, तान्ने देखि पोल ठड्याउने मिलाउने प्राविधिकको जागिर पाएका थिए ।

करेन्ट लाग्नुभन्दा पहिले वैदेशिक रोजगारिका लागि मलेसिया गएका बेला लिइएको हरिकाजी ढुंगानाको तस्वीर सबै मानिसका लागि उज्यालो दिन बनेको विज्ञानको त्यो उत्सर्जन विद्युत हरिकाजीको जीवनका लागि भने अन्धकारमय बन्यो । अरुलाई उज्यालो दिन विजुलीको तार जोड्न पोलमा चढेका उनका करेन्ट लागेर दुबै हात, एउटा दाहिने खुट्टा गुमाउन पुगे । करेन्टले डढेर हात–खुट्टा पग्लिए पछिको प्लाष्टिकको डन्डि जस्तै देखिन्थ्यो । उनलाई बचाउन वि एण्ड वि अस्पतालका बरिष्ठ प्लाष्टिक सर्जियन बसन्त माथेमासहितका डाक्टरहरुले दुबै हात, एउटा दाहिने खुट्टा काटेर फाल्ने निर्णय लिन आफन्तलाई आग्रह गरे ।

खोटांगका हरिकाजीलाई भेट्न भिजे तथा कलाकार शिशिर भण्डारी ४ लाख ५० हजार सहयोग रकम लिएर पुगे। त्यस लगत्तै दिक्तेलका मेयर र उप मेयर पनि सहयोग दिन पुगे । स्थानिय समुदायबाट पनि उनलाई सहयोग आउँदैछ । शिशिर पुगेकै बेलामा हरिकाजी जस्तै पिडा भोगेका कृष्ण वलिसँग हरिकाजीको भिडियो कल गराएका थिए शिशिरले । हेर्नुहोस भिडियो-

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्