बैशाख १२ को पूर्वसन्ध्यामा काठमाडौमा गयो ठूलो भुकम्प, नौबिसे र काठमाडौंमा मानिसहरुको भागाभाग



काठमाडौँ, ११ वैशाख । बुधबार बिहान काठमाडौं आसपासमा शक्तिशाली भुईचालो गएको छ । धादिङ केन्द्रबिन्दू बनाइ गएको भुईचालो ५.२ रेक्टर स्केलको भएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ बजेर २९ मिनेटमा भूकम्पको धक्का महसुश गरिएको थियो । गोरखा, धादिङ, रसुवा, काठमाडौं उपत्यका, मकवानपुर लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको थियो ।

यो भुईचालो पनि चार वर्ष अघिकै भुईचालोको पराकम्प भएको बताइएको छ । केन्द्रका अनुसार धादिङको नौविसेलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । बिहानै भूकम्पको धक्का महसुश गरिएको ठाउँका बासिन्दाहरु त्रसित बनेका थिए। कतिपय स्थानमा स्थानियबासीन्दा घरवाहिर निस्केका थिए । नौबिसे र काठमाडौंमा मानिसहरुको भागाभाग पनि चलेको थियो। केन्द्रले यो भूकम्पको धक्का २०७२ साल वैशाख १२ गते गोरखामा गएको भूकम्पकै परकम्प भएको जनाएको छ। विहान दुई पटक धक्का महशुष गरिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्