रुपन्देहीमा पक्राउ परिन् विप्लव समुहको महिला नेता



बुटवल, ११ वैशाख । नेत्र विक्रम चन्द विप्लव समूहका एक महिला नेता रुपन्देहीमा पक्राउ परेकी छन् । सरकारले विप्लव समुहको गतिविधिमा प्रतिबन्ध लगाएसंग सो संगठनका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने रणनीति लिएको छ । मंगलवार राति एक महिला नेता रुपन्देहीबाट पक्राउ परेकी हुन् ।

सरकारद्वारा प्रतिबन्धित नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदी पक्राउ परेको प्रहरीले जनाएको छ । लाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्राउ गरेको हो । सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् ।

छोरासहित सुवेदीलाई पक्राउ गरिएको दाबी स्थानीयले गरे पनि रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले उनलाई मात्रै नियन्त्रणमा लिएको बताए । पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखिएको छ । एसपी थापाले उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्