राम्रो मोबाइल किन्न एक्सपोमा आउनुपर्छ



ताजा खबर :- ललितपुर स्थित कर्मचारी संचय कोष भवनमा छ, नेपालकै ठुलो ललितपुर मोबाइल कम्प्लेक्स । स्थापनाको एक बर्ष मात्रै भएको भए पनि व्यावापरिक दृष्टिमा यसले ठुलै फड्को मारिसकेको छ ।

कम्प्लेक्सले स्थापनाको अवसरमा प्रथम मोबाइल एक्स्पो आयोजना गरिसकेको छ । र, प्रथम बार्षिक उत्सवको अवसरमा दोस्रो एक्स्पो यहि भदौं २४ देखि असोज ३ गते सम्म चल्दै छ ।

Purushottam Basnet-

एक्स्पोको तयारी कहाँसम्म पुग्यो त ? प्रस्तुत छ यसको तयारी लगायतका बिषयमा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोतम बस्नेतसँग गरेको कुराकानी :

-एक्स्पोको तयारी कहाँसम्म पुग्यो ?
तयारी लगभग अन्तिम चरणमा पुगिसक्यो । सबै मोबाइल कम्पनी सहभागि हुने अवस्था छ । हामी अहिले सजावटको काममा लागेका छौं । पहिलेको भन्दा पनि अझ राम्रो प्रविधियुक्त सजावट बनाउँदै गर्दैछौं ।

-एक्स्पोमा नयाँ कम्पनीहरु पनि आउँछन ?
नयाँ कम्पनीहरु जुन नेपाली बजारमा आएका छन् उनीहरुलाई यहाँ डिस्प्ले गर्ने योजना छ । ४० वटा भन्दा बढी स्टल रहन्छन् । नयाँ पुराना सबै कम्पनीका स्टलहरु रहन्छन् ।

यसपालीको एक्स्पोको विशेष फोकस केमा हुन्छ ?
बाहिरी बजारमा सिल प्याक खोलेका सेटहरु आएका छन् । जसमा ब्याट्री, चार्जर परिर्वतन गरिएका हुन्छन् । यस्ता सेटबाट ग्राहाकहरु कसरी बच्ने भन्ने जानकारी दिन्छौं । त्यसै गरि अन्य चोरीका मोबाइल सेटहरु बजारमा व्याप्त उपलब्ध छन् । ग्राहकरुले त्यस्तो सेटहरु सस्तो मानेर किन्छन तर पूर्णरुपमा ठगिन्छन् । त्यस्ता ब्ल्याक प्रडक्टहरुको पहिचान कसरी गर्ने भन्नेबारेमा पनि हामी याहाँ जानकारी गराउँछौं ।

-एक्स्पोमा मोबाइलको बिक्रिको पनि उदेश्य रहन्छ होला नि ?
अवश्य पनि यो हाम्रो स्थापित मार्केट भएको हुनाले प्रर्बधन मात्र होइन कि बिक्रि नै मुख्य उदेश्य हो । उपयुक्त मुल्य सहितको व्यवस्थित मार्केट पहिचान गर्ने हाम्रो उदेश्य हो ।

-पहिले भन्दा अहिले नयाँ प्रडक्ट के के देख्न पाइन्छ एक्सपोमा ?
नयाँ प्रडक्ट भन्नाले विभिन्न स्मार्ट फोनहरुकै सेरिज आउँछ । त्यसमा विशेष गरि हुवावेको नयाँ प्रडक्टहरु आउँछ भने अन्य सामसु, जियोनीका नयाँ प्रडक्टहरु पनि राख्छौं । र, अहिले आउन लागेका नयाँ ब्राण्डका बारेमा पनि जानकारी दिन्छौं । अन्य नयाँ प्रडक्टलाई पनि स्किम दिएर सुपथ मुल्यमा बिक्रि गर्छौ ।

-एक्स्पोमा ग्राहाकलाई आकर्षित गर्ने अफरहरु के के छन ?
सबभन्दा पहिले यस्तो किसिमको व्यवस्थित हलमा गएर मोबाइल किन्नुपर्छ भन्ने ट्रेन्ड बसाल्नु नै ठुलो कुरा हो । यहाँ ग्राहक ठगिदैनन् । मुल्यको ग्यारेन्टी हुन्छ । सर्भिसको ग्यारेन्टी हुन्छ । यि सबै कुरा एकै ठाँउमा हुने भएको हुँदा ग्राहकलाई त्यतिकै फाइदा हुन्छ । र, अन्य मार्केटमा पाइने भन्दा हामी यहाँ हामी विशेष छुट दिएर बिक्रि गर्छौ । हात खाली नजाने उपहार योजनाहरु छन् । विभिन्न कम्पनीले राखेका कभर देखि नगद सम्मका स्किमहरु पनि हामी उपलब्ध गराउँछौं । प्रवेश निशुल्क छ । प्रवेशकर्ताहरु मध्यबाट ‘लक्की ड्र’ गरेर स्मार्ट फोन उपहार दिने योजना रहेको छ । ग्राहाकलाई ७ देखि ७० प्रतिशत सम्मको छुट दिने गरि विभिन्न बर्गिकरण गरि छुट उपलब्ध गराउँछौं ।

-एक्स्पोमा आउने ग्राहकहरुले कस्तो तयारी गरेर आउँदा राम्रो ?
ग्राहाकले आफुले कस्तो मोबाइल किन्ने हो त्यसको बारेमा योजना बनाएर आउनुपर्छ । विशेष गरि अहिलेको प्रविधियुक्त म हुवावे, जिओनी जस्ता कम्पनीका मोबाइल अलि स्तो र भरपर्दो पनि छन् । ग्राहकले तयारी गर्दा स्मार्ट फोन किन्ने गरि नै गर्नुपर्छ । हाम्रोमा स्मार्ट फोनको बजेट दश हजारबाट शुरु हुन्छ । स्मार्ट फोन किन्दा एक /दुई बर्षलाई ढुक्क पनि हुने र खोजे अनुसारको सुविधा पनि पाइने हुन्छ । ग्राहकले एक्स्पोको रौनक पनि हेर्छु र राम्रो मोबाइल पनि किन्छु भन्ने सोचमा आउनुपर्छ ।

यो एक्सपोबाट कति कारोबार हुने अपेक्षा गर्नु भएको छ ?
हामीले पहिले एक्स्पो आयोजना गरेको अनुभव पनि छ । यसपटक हामीले दश करोड भन्दा माथिको कारोबार हुने अपेक्षा गरेका छौं ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्