युवतीलाई सुई हानेको भनिएका शिक्षक निर्दोष सावित भएपछि आए पहिलोपल्ट मिडियामा, पोखे यस्तो पिडा (भिडियोसहित)

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार २३:२७


काठमाडौं । काभ्रेमा युवतीमाथि सिरिन्ज आक्रमण गरेको आरोपमा प्रकाउ परेका शिक्षक निदोष रहेको पाइएको छ । स्याङ्जाका शिक्षक खगेन्द्र प्रसाद पाठक निर्दोष रिहा भएका हुन् । सोमबार बनेपास्थित चार दोबाटोमा बसभित्र सिरिन्ज जस्तै तिखो वस्तुले घोचेको भन्दै एक युवती चिच्याएपछि तनाव भएको थियो ।

बनेपाबाट काठमाडौं आउँन लागेकि युवती बस चढेलगत्तै केही तिखो वस्तुले घोचेको महसुस गरिन् । र चिच्चाएकि थिइन् । उनले नजिकै रहेका पाठकलाई आरोप लगाइन् र बसमा सवार अन्य मानिसहरुले पाठकलाई नियन्त्रणमा लिएर कुटपिट समेत गरे ।

युवतीलाई तिखो वस्तुले घोचेको भन्दै पाठकमाथि कुटपिट गरेको खबर पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले स्थानीयबाट उद्धारगरी उनलाई पक्राउ गरेका थियो । आक्रोसित भिडले उनीमाथि आक्रमण समेत गरेको थियो ।  निर्दोष मान्छेलाई फसाईएको भन्दै धेरैले आपत्ति जनाएका छन् ।

https://www.youtube.com/watch?v=7S64Z3TNuK4&t=7s&fbclid=IwAR1EP_j4lVc8LGkmkqXCisnUA-2T3uZbTorhvXebpKS-qgoBlEksWvPvkYE

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्