कस्तुप पन्तको तिज गीत ए ठुलेमा काउली बुढी र कमल गाउँलेको गज्जब अभिनय (भिडियो)

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार २१:४६


काठमाडौँ । गायक तथा सर्जक कस्तुप पन्तको नयाँ तिज गीत ठुलेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक कस्तुप र गायिका शान्तीश्री परियारको स्वर रहेको गीतमा पछिल्लो समय चर्चामा आएकी कलाकार सन्ध्या बुढा (काउली बुढी )र कमल गाउँलेको गज्जबको अभिनय रहेको छ । पछिल्लो समय कोठे गीतहरुको अभ्यास भइरहेका बेला कस्तुपले गाउँ घरमा नै गएर शब्द शंकलन गरेर मौलीक शैलीमा तयार गरेको गीतमा गाउँ समाजमा बोलीने र प्रचलनमा आएका शब्दहरु शंकलन गरेको बताए ।

जसमा बोलाई बोलाई म्वाई दिन्थ्यौ पहिले त खासै वास्त गर्दैनौँ अहिले त, घार्र घुर्र रेती, लगायतका मन छुने शब्दहरुको प्रयोग गरिएको छ । गायक कस्तुपको लय संकलन रहेको गीतमा संगीत पनि उनकै रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायांकन रहेको छ । जसमा विष्णु शर्माको सम्पादन रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्