ताजा खबर काठमाडौँ । अघिल्लो महिना पोखरामा सम्पन्न डी सिने अवार्डमा आफुले अवार्ड नपाएर नमञ्ता श्रेष्ठले पाएकोमा अभिनेत्री पुजा शर्मा रुष्ट भएको खबर चलेको थियो । उनलाई रोएको सम्म आरोप लगाइएको थियो । तर पुजाले यो आरोपलाई निराधार भनेकी छिन ।
बुधबार राजधानीमा सम्पन्न एलजी फिल्म अवार्डमा पुजा र प्रदिप खड्काले फिल्म ‘प्रेमगीत’बाट बेस्ट कपलको अवार्ड पाए । अवार्ड पाइसकेपछि पुजा शर्माले पोखराको चर्चाका बारेमा रंगखबर संग कुराकानी गरेकी छिन । उनले आफुलाई मन पर्ने कपल नम्रता श्रेष्ठ र आर्यन सिग्देल रहेको समेत बताइन । त्यहीकारण आफुले अवार्डमा पाउनेमा ढुक्क नरहेको उनले उनले बताइन।
अरु के के भनिन त पुजाले- हेर्नुस पुजा संगको कुराकानी :