सुनको मुल्यमा बन्यो फेरी नयाँ रेकर्ड, एकै दिनमा बढ्यो १५ सय

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार १३:२६


काठमाडौं, २२ साउन । साताको कारोबारको चौथौ दिन पनि सुनको मुल्यले रेकर्ड बनाएको छ । सुनको मुल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार प्रतितोला ६८ हजार मुल्यमा कारोबार भएको छापावाल सुन आज १५ सयले बढेर प्रतितोला ६९ हजार ५ सयमा कारोबार भएको सुनचाँदी ब्यवसायीले जनाएका छन् । त्यस्तै गरी चाँदीको मुल्य १५ रुपैंयाले बढेर प्रति तोला ८ सय १० रुपैंयामा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाल सुनको मुल्य ५९ हजार ५ सय ८५ रुपैंयामा तोकेको छ भने प्रति १० ग्राम चाँदीको मुल्य ६ सय ९४ रुपैंया ५ पैसा कायम गरेको छ । सुनको मुल्य अत्याधिक बढेपछि कारोबार समेत भएको छैन । दिनहुँ १५ सयका दरले सुनको मुल्य बढ्न थालेपछि उपभोक्ता सुन बजार नजाँदा ब्यपार शुन्य भएको छ ।

यो पनि पढ्नुहोस्, नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक आइतबार मात्रै बस्ने भएको छ । पार्टीको अन्तरिम संरचना निर्माण गर्नेबारेको निर्देशिकाको मस्यौदा तयार भइसकेको तर त्यसमा थप छलफल गर्नुपर्ने भएपछि बैठक सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।शीर्ष तहमा छलफलपछि मात्रै निर्देशिकाको मस्यौदा केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिने शर्माले बताए ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई आमन्त्रण गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्