बालुवा झिकेको खाल्डोमा परेर दुई जनाको मृ*त्यु भएपछि स्थानीयले लगाए ३ ओटा डोजरमा आगो

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार १६:५४


धादिङको दरिङगाल खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परेर गजुरी गाउँपालिका -६ ठूलीफाँटमा दुई जनाको मृ*त्यु भएको छ। खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका -७ का १९ वर्षका भीम तामाङ र २१ वर्षे सुमन तामाङको शनिबार खाल्डोमा रहेको पानीमा डुब्दा मृ*त्यु भएको हो।बालुवा तस्करले खोलामा डोजर लगाएर खाल्डो बनाएको र त्यही खाल्डोमा डुबेर युवाहरूको मृ*त्यु भएको भन्दै स्थानीय बासिन्दाले डोजरमा आगजनी गरेका छन्। तीन वटा डोजरमा आगो लगाइदिएका हुन्।

बालुवा तस्करले राती खोलाबाट बालुवा निकाल्दा खाल्डो बनेको त्यो खाल्डोमा पानी भरिएको थियो। स्थानीय बासिन्दाले दोषीलाई कारबाहीको माग गरेका छन्। स्थानीयले अरु स्काभेटरमा पनि तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ। तर स्थानीयवासीहरू ठूलो संख्यामा भएकाले प्रहरीले उनीहरूलाई रोक्न सकेको छैन।घटनास्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्