आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गयो, पृथ्वीमा ठोक्किएको भए जापानको हिरोसिमा र नागासाकीको भन्दा पनि ठूलो क्षति हुने

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार ०९:२१


काठमाडौं : आईफल टावर भन्दा पनि ठूलो एउटा क्षुद्रग्रह अर्थात् आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गएको छ ।पृथ्वीमा हुनसक्ने भयावह तत्कालका लागि भने रोकिएको वैज्ञानिकहरुले बताएका छन् । यद्यपि उनीहरुले उक्त पिण्डको भिडियो फूटेज संकलन गर्न भ्याएका छन् । वैज्ञानिकहरुका अनुसार यदी उक्त पिण्ड पृथ्वीमा ठोक्किएको भए जापानको हिरोसिमा र नागासाकीको भन्दा पनि ठूलो क्षति हुने थियो ।

२००६ मा पत्ता लगाइएको यो क्षुद्रग्रह यही साता पृथ्वीबाट ७० हजार किलोमिटर दूरी परबाट आफ्नै कक्षबाट गएको हो । नासाका वैज्ञानिकहरु यदी उक्त क्षुद्रग्रह पृथ्वीमा खसेको भए एउटा सिंगो सहर ध्वस्त हुने बताउँछन् । तर तत्कालका लागि त्यस्तो भयावह टरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । अन्नपूर्ण पोस्टअनलाइनमा खबर छ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्