‘ममिले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममिलाई राम्रो गर्नु , म बिदा भए’ भन्दै गरे हरीप्रसाद आर्चायले आ*त्मह*त्या

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १२:३४


भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मालपोत कार्यालय, कलंकीका तत्कालिन कर्मचारी हरि आचार्यले दुई पृष्ठ लामो ‘सुसा८इड नोट’ लेखेर आ८त्मह८त्या गरेका छन्। उनले आफु निर्दोश रहेको बताउँदै अपमान सहन नसकेर यस्तो निर्णय गरेको संकेत गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका १० घर भएका आचार्यको श८व प्रहरीले आइतबार त्रियुगा नगरपाकिला ९, रातामाटेस्थित शिखरकट्टे भन्ने ठाउँका जंगलमा झुण्डि८एको अवस्थामा फेला पारेको थियो।

शनिबारदेखि हराएका ५५ वर्षीय आचार्यको खल्तीमा २ पेज लामो सुसा८इड नोटसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए। सुसा८इड नोटमा उनले परिवारलाई राम्रोसँग मिलाएर राख्न नसकेको र गर्दै नगरेको भ्रष्टाचारको आरोप लागेकाले आ८त्मह८त्या गर्नुपरेको उल्लेख गरेका छन् ।

उनले सु८साइड नोटमा लेखेका छन्, ‘म कसैको २ रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्नु अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना !’

यस्तो लेखेको छ, सुसा८इट नोट

‘सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर म देशको ठूलो भ्रष्टचारी भए, अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको आयु २ सय वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाडौँमा सहयोग गर्नु ।

आफ्नो नाममा पुराण लगाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिए । ‘ममिले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममिलाई राम्रो गर्नु । म बिदा भए । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाईले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु ।

कान्छो छोराको व्याचलर सकुला भनेको थिए सकिन, पापी भए । वााणिज्य, नेपाल, एनसिसी एनआईसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो व्यागमा छ, अन्यमा पैसा भए पनि कमै छ । त्यसअघि उनले लेखेका छन, ‘बिरेन्द्र काका लगायत छिमेकीले भैसी, खसी तह लगाई दिनु । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नु ।
सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौँ बस्नु, गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु । नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरि दिन समेत नाेटमा लेखेका छन् । २५ गते बेलुका ६ बजे सुसाइट नोट लेखि घरबाट बाहिरिएका आचार्यले अन्तमा आफन्तले भैंसी, खसी जतिमा हुन्छ त्यतिमा बिक्री गरी सहयोग गरि दिनसमेतआग्रह गर्दछु भनेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्