प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले दिए पदवाट राजिनामा

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १३:०४


काठमाडौं, २८ साउन । प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । यादव नाम चलेका डाक्टर हुन् । सप्तरी १ बाट निर्वाचित उनले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएको सभामुखको सचिवालयले बताएको छ । उनको राजिनामा स्वीकृत हुन बाँकी छ । स्वीकृत भए प्रतिनिधिसभामा सप्तरी १ रिक्त हुने छ । सरकारले आगामी मंसिर १४ का लागि उपनिर्वाचन मिति तोकीसकेको छ ।

आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद यादवले बताए । ‘मलाई डाइबिटिज लगायत समस्या थियो। पछिल्लो समय स्ट्रेस पनि बढिरहेको थियो, त्यसैले आराम गर्न पदबाट राजीनामा दिएको हुँ,’ राजीनामापछि यादवले भने । यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ। त्यसपछि पुनः चुनाव गराउनुपर्छ। हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्