सुनसरीमा श्रीमतीको ह*त्या गरी श्रीमान् फरार

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार ०९:०३


सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार ह*त्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको ह*त्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो ।घरायसी झ*गडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँ*टी थि*चेर ह*त्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कु*टपि*ट गरेर ग*म्भीर घा*इते बनाएको र उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा आनन्दीको मृ*त्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।

ह*त्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ह*त्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घ*टनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्