दीप श्रेष्ठको गीतमा क्याप्टेन विजय लामाको अभियन (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार १४:२३


काठमाडौं, २९ साउन । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा देखिएका छन् ।

गीतको भिडियोमा क्याप्नेट लामाको साथको नायिका बेनिशा हमाल र महिशा पुन थापाले फिचर्ड गरेका छन् । भिडियोमा उत्सव दाहालको क्यामेरा, बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ । भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

यस्तो गीतको छ भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्