रेशम फिलिलीका ‘हरिया’ भन्छन्– एक्टर बन्न कार पुछेँ, मार्केटिङ गरे ( भिडियो )



ताजा खबर :- फिल्म ‘रेशम फिलिली’बाट चर्चामा आएका कलाकार हुन् कामेश्वर चौरसिया ्र फिल्ममा उनले गरेको ‘हरिया’को भूमिकाबाट धेरैको मन जित्न सफल भए । कामेश्वरको डेब्यु फिल्म ‘छड्के’ भएता पनि उनले स(साना रोलमा ‘लूट’, ‘उमा’ र ‘हाइवे’मा पनि देखिएका थिए ।
फिल्म ‘रेशम फिलिली’मा उनले गरेको भूमिकाको बारेमा केहि व्यक्तिबाट आलोचनात्मक चर्चा पनि पाएका कामेश्वरले त्यस्तो खालको भूमिका गर्नुको कारण वाध्यता रहेको खुलाए । हिरो बन्न निक्कै संघर्ष गरेका कामेश्वर फिल्ममा लामो समय टिक्नकै लागि कामेश्वरले बाख्रा संगको सम्भोग गरेको सिन दिन तयार भएको बताए । उनले फिल्म खेल्नु अघि कार पुछ्ने, मार्केटिङ गर्ने काम पनि गरे ।

कामेश्वरको अहिले ‘पलास’ फिल्म प्रदर्शनको तयारीमा रहेको छ, भने कामेश्वर ब्लकबस्टर फिल्म ‘लूट’को सिक्वेलको छायांकनमा ब्यस्त छन् ।

हेर्नुस कामेश्वरसंगको भिडियोवार्ता :-

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्